इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 

राजविराज राजविराज
|
सोमबार, पौष १३, २०७७
|
|
२२ पटक हेरिएको
Shares
इजिवल्र्ड ईन्जीनियरिङलाई  राजबिराज क्रिकेट लिगको उपाधि 

सारांश

  •     आइतबार सम्पन्न फाइनल खेलमा युथ क्रिकेट एकेडेमीलाई ३ बिकेटले पराजित गर्दै इजिवल्र्डले सो उपाधीमा कब्जा जमाएको छ ।
  •       युथ क्रिकेट एकेडेमीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय १३ रन जोडेका थिए ।
  • युथका लागि आशिष झाले उत्कृष्ट ब्याटिंग गर्दै ४४ बलमा ५ चौक्का र २ छक्काको मद्धतले ५१ रनको योगदान दिएका थिए भने बिवेक यादव २९, पप्पु यादव १६ र नितेश यादवले १३ रनको योगदान दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ पुस । 
    राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा संचालित राजबिराज क्रिकेट लिगको उपाधी इजिवल्र्ड ईन्जिनियरिङले हात पारेको छ । 
    आइतबार सम्पन्न फाइनल खेलमा युथ क्रिकेट एकेडेमीलाई ३ बिकेटले पराजित गर्दै इजिवल्र्डले सो उपाधीमा कब्जा जमाएको छ । 
    युथ क्रिकेट एकेडेमीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय १३ रन जोडेका थिए । युथका लागि आशिष झाले उत्कृष्ट ब्याटिंग गर्दै ४४ बलमा ५ चौक्का र २ छक्काको मद्धतले ५१ रनको योगदान दिएका थिए भने बिवेक यादव २९, पप्पु यादव १६ र नितेश यादवले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ रोबिन सिंहले ३ तथा अनिल यादवले १ बिकेट लिएका थिए । 
    एक सय १४ रनको लक्ष्य लिई मैदानमा ओर्लेको इजिवल्र्डले उक्त लक्ष्य १८ ओभर ४ बलमा ७ बिकेटको नोक्सानीमा भेटाएका थिए । ईजिवल्र्डका लागि निरज यादवले धैयर्तापुर्ण पारी खेल्दै ४२ बलमा २ चौक्का र १ छक्काको मद्धतले ३४ रनको योगदान दिएका थिए भने महवुव आलम र अमल दासले क्रमश ः २० र १५ रन तथा अनोज यादव १४ रनमा अविजित रहेका थिए ।
    यता बलिंग तर्फ बिवेक यादव र मनिश मण्डलले सामान ३ बिकेट लिएका थिए भने अजय यादवले १ बिकेट लिएका थिए । फाईनल खेलको म्यान अफ द म्याच उत्कृष्ट पारि खेलेवापत ईजिवल्र्डका निरज यादव भएका थिए । 
    प्रतियोगिता अन्र्तगत उत्कृष्ट ब्याट्सम्यान सबल नेपालका राहुल मण्डल, उत्कृष्ट बलर ईजिवल्र्डका अनिल यादव, इमरजिंग प्लेयर राजबिराज स्पोर्टसका दिपेश सरदार तथा म्यान अफ द सेरिज ईजिवल्र्डका खेलाडी महवुव आलम भएका थिए । प्रतियोगिता अन्र्तगत बिजेता टिमलाई नगद रु ३० हजार तथा उपबिजेता टिमलाई १५ हजार प्रदान गरिएको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै 
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
राजपा सरकारमा सहभागिता हुने की नहुने ?
हात्तिले दुई जनाको घर भत्काउनुका साथै अन्नबाली नष्ट
हात्तिले दुई जनाको घर भत्काउनुका साथै अन्नबाली नष्ट
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
वार्तासँगै आन्दोलनको तयारी भइरहेको छ ः संघर्ष समिति
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
भ्रष्टाचार नियन्त्रण र सरकार
भ्रष्टाचार नियन्त्रण र सरकार