सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै 

राजविराज राजविराज
|
शनिबार, चैत्र ८, २०७६
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  •     बैठकले हाल बन्द रहेको साई कृष्णा शिक्षण अस्पतालमा आवश्यक उपकरण जडान गरी क्वारेन्टाईन कक्ष संचालनमा ल्याउने तयारी गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा.
  • चुमन लाल दासले जानकारी दिदै गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमास्ता मेडिकल कलेज एण्ड अस्पताल र युनिक अस्पतालमा आईसोलेटेड बेडसहितको आईसोलेसन कक्ष निर्माण गर्ने तयारी गरिएको उनले बताए ।
  •       अस्थायी अस्पताल निर्माणका लागि राजविराजस्थित नेपाली सेनाको भिम दलगण राजविराज नगरपालिका, नेपाल प्रहरी, शसस्त्र प्रहरी, गजेन्द्र नारायण सिंह अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय समेतको प्रमुख भुमिका रहेको छ ।

    राजविराज÷कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगिन सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापन अस्थायी अस्पताल संचालन हुने भएको छ । 
    सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
    सम्पन्न बैठकले कोरोना भाईरसबाट संक्रमित हुनेको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमस्ता मेडिकल कलेज एण्ड अस्पताल, साई कृष्णा शिक्षण अस्पताल र रुपनी गाउँपालिकास्थित युनिक अस्पताल गरी चार स्थानमा कोरोना व्यवस्थापन अस्थायी अस्पताल संचालन गर्ने निर्णय गरेको छ । 
    बैठकले हाल बन्द रहेको साई कृष्णा शिक्षण अस्पतालमा आवश्यक उपकरण जडान गरी क्वारेन्टाईन कक्ष संचालनमा ल्याउने तयारी गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमन लाल दासले जानकारी दिदै गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमास्ता मेडिकल कलेज एण्ड अस्पताल र युनिक अस्पतालमा आईसोलेटेड बेडसहितको आईसोलेसन कक्ष निर्माण गर्ने तयारी गरिएको उनले बताए । 
    अस्थायी अस्पताल निर्माणका लागि राजविराजस्थित नेपाली सेनाको भिम दलगण राजविराज नगरपालिका, नेपाल प्रहरी, शसस्त्र प्रहरी, गजेन्द्र नारायण सिंह अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय समेतको प्रमुख भुमिका रहेको छ । 
    यता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले विश्वभर फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा पनि देखिएकाले जोखिम बढेको बताउँदै कोरोनो भाईरस यस क्षेत्रमा फैलिन नदिन साधन श्रोतले भ्याए सम्म प्रयास भईरहेको बताए । उनले यसबाट भयभित र आतंकित नहुन सर्वसाधारणलाई अपिल समेत गरे ।
    शनिबारै प्रमुख जिल्ला अधिकारी खनालको नेतृत्वमा भिमदलगणका प्रमुख गुप्त बहादुर कुवर, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरिक्षक उद्दव बहादुर न्योपाने, गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमन लाल दाससहितको टोलीले कोरोना व्यवस्थापनका लागि संचालनमा ल्याउने अस्थायी अस्पतालका लागि छनौट गरिएका चार वटै अस्पतालको स्थलगत निरिक्षण समेत गरेका थिए । 
    यसैबीच राजविराज २ मा हाल बन्द रहेको साई कृष्णा अस्पतालमा कोरोना रोकथामका लागि स्थानिय प्रशासनले क्वारेन्टाईन कक्ष संचालनमा ल्याउने निर्णयको स्थानियवासीले बिरोध गरेका छन् । उनीहरुले घनाबस्ती भएकाले यस अस्पतालमा संक्रमित व्यक्तिलाई ल्याउँदा आफुहरु पनि असुरक्षित हुने चिन्ता व्यक्त गर्दै सो बिरोध गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 
असंबैधानिक कदम बिरुद्ध नेकपाले  निकाल्यो मसाल जुुलुस 
संविधान दिवसको अवसरमा प्रभातफेरी 
संविधान दिवसको अवसरमा प्रभातफेरी 
भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
खडकमा बालबिवाह बिरुद्धको बृहत अभियान शुभारम्भ
खडकमा बालबिवाह बिरुद्धको बृहत अभियान शुभारम्भ
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु 
शान्तिका लागि चैत २ गतेदेखी महायज्ञ हुँदै 
शान्तिका लागि चैत २ गतेदेखी महायज्ञ हुँदै 
सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ
सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ
सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन