पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 

राजविराज राजविराज
|
आइतबार, बैशाख २८, २०८२
|
|
४९ पटक हेरिएको
Shares
पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 

सारांश

  •     प्रतिनिधिसभा सदस्य रन्जु ठाकुरले आइतबार पोखरीको सौन्दर्यकरण, छठ पूजाघाट निर्माण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्यको शिलान्यास गरिन् ।
  •       सांसद ठाकुरको पहलमा संघीय सरकारको पर्यटन मन्त्रालयबाट २०८१÷८२ मा ९० लाखको बजेट बिनियोजन गराइएपछी उक्त पोखरीको सौन्दर्यकरण र तटबन्ध निर्माणको कार्य अघि बढेको हो ।
  •     स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय, शिक्षा समन्वय विकास इकाई कार्यालय तथा सरस्वती टोल निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरीमा छठघाट र सरसफाईको अभावको साथै नजिकैबाट बग्ने भलुवाही खोलाको कटानका कारण छठपर्व लगायत विभिन्न धार्मिक गतिबिधी गर्न भक्तजन तथा आसपासका बासिन्दालाई समस्या हुँदै आएपछी आफूले यसलाई व्यवस्थित गर्न आवश्वक पहल गरेको सांसद ठाकुरको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 

    राजविराज नगरपालिका ५ स्थित पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु भएको छ । 
    प्रतिनिधिसभा सदस्य रन्जु ठाकुरले आइतबार पोखरीको सौन्दर्यकरण, छठ पूजाघाट निर्माण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्यको शिलान्यास गरिन् । 
    सांसद ठाकुरको पहलमा संघीय सरकारको पर्यटन मन्त्रालयबाट २०८१÷८२ मा ९० लाखको बजेट बिनियोजन गराइएपछी उक्त पोखरीको सौन्दर्यकरण र तटबन्ध निर्माणको कार्य अघि बढेको हो ।
    स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय, शिक्षा समन्वय विकास इकाई कार्यालय तथा सरस्वती टोल निकट अवस्थित उक्त धार्मिक महत्वको पोखरीमा छठघाट र सरसफाईको अभावको साथै नजिकैबाट बग्ने भलुवाही खोलाको कटानका कारण छठपर्व लगायत विभिन्न धार्मिक गतिबिधी गर्न भक्तजन तथा आसपासका बासिन्दालाई समस्या हुँदै आएपछी आफूले यसलाई व्यवस्थित गर्न आवश्वक पहल गरेको सांसद ठाकुरको भनाई छ ।
    उनले स्थानीयवासीको धेरै दिनदेखीको चाहनालाई पुरा गर्दै हुनलागेको पोखरी सौन्दर्यकरण अन्तरगत चारैतिर पूजाघाट र बगैंचा निर्माण गर्ने योजना रहेको जानकारी समेत दिइन् । उनले यस वर्ष उपलब्ध बजेटबाट पोखरीको दुई साइडमा बाँकी रहेको छठघाट निर्माण, सौन्दर्यकरण तथा कटानबाट जोगाउन तटबन्ध लगायतका निर्माण कार्यको थालनी गरेर आगामी आर्थिक वर्षहरुमा उपलब्ध हुने थपबजेटलाई क्रमशः पोखरीको थप सौन्दर्यकरण र सेवा सुविधा बृद्धि लगायतका काममा खर्चिने प्रतिबद्धता समेत जनाइन् ।  
    त्यस्तै वर्षौदेखी वर्षायामका बेलामा भलुवाही खोलाले गर्ने कटान र त्यसबाट हुने क्षति रोक्न थालिएको निर्माण कार्य सम्पन्न भएपछी यस बस्ती र आसपासका सयौं जनता लाभान्वित हुने स्थानीयवासी लक्ष्मण यादवको भनाई छ । 
     आगामी जेठ मसान्त भित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य सुरु भएको नगरपाकिाले जनाएको छ । शिलान्यास समारोहमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, वडाअध्यक्ष बन्दुलाल दास, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य मनोज माझी, यूवा नेता इर्साद अन्सारी, पार्थो सरकार, संजय झाका ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो
निकास नहुँदा घर र धान खेती डुवानमा, सडक पनि बगायो
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
आगलागीमा सातलाख भन्दा बढीको क्षति
आगलागीमा सातलाख भन्दा बढीको क्षति
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान