परम्परागत सामग्रीसहित झाँकी प्रर्दशन

राजविराज राजविराज
|
बिहिबार, कार्तिक २९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
परम्परागत सामग्रीसहित झाँकी प्रर्दशन

सारांश

  • मैथिली भाषा साहित्यका विद्यापतीको स्मृतीमा तीन दिवसीय कार्यक्रम अन्र्तगत बिहिवार राजविराजमा झाँकी प्रर्दशन गरिएको हो ।
  •   स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाट मैथिली भाषा, साहित्य, संस्कृति र महाकवि विद्यापतीको महत्व झल्कने झाँकीका साथ प्रर्दशन गर्दै नगर परिक्रमा गरिएको थियो ।
  •   बाजागाजासहित निस्केको झाँकीका क्रममा मिथिला क्षेत्रमा लोप हुन लागेको ढोल, पिपही, काठे हलो, जुवा, घोड सवारी, गोरुगाडा, कोसेली लैजाने प्रयोग गरिने बाँसको भार लगायतको समेत प्रर्दशन गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 

विद्यापती स्मृती पर्व अन्तरगत अन्तिम दिन बिहीबार परम्परागत सामग्रीसहित झाँकी प्रदर्शन गरिएको छ ।  
मैथिली भाषा साहित्यका विद्यापतीको स्मृतीमा तीन दिवसीय कार्यक्रम अन्र्तगत बिहिवार राजविराजमा झाँकी प्रर्दशन गरिएको हो । 
स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाट मैथिली भाषा, साहित्य, संस्कृति र महाकवि विद्यापतीको महत्व झल्कने झाँकीका साथ प्रर्दशन गर्दै नगर परिक्रमा गरिएको थियो । 
बाजागाजासहित निस्केको झाँकीका क्रममा मिथिला क्षेत्रमा लोप हुन लागेको ढोल, पिपही, काठे हलो, जुवा, घोड सवारी, गोरुगाडा, कोसेली लैजाने प्रयोग गरिने बाँसको भार लगायतको समेत प्रर्दशन गरिएको थियो । 
मैथिली साहित्य परिषद सप्तरीको अगुवाईमा गरिएको झाँकी प्रर्दशन कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, निर्माण व्यवसायी संघ, विभिन्न संघ संस्थाका प्रतिनिधी, विद्यार्थी, पत्रकार लगायत सर्वसाधारण समेत सहभागी थिए । 
नगर परिक्रममा पश्चात् झँकी जिल्ला समन्वय समितीको सभाकक्षमा पुगी श्रद्धाञ्जली सभा, सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोहमा परिणत भएको थियो । 
मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष अवधेश कुमार झाको अध्यक्षतामा आयोजित सभामा जिल्ला सम्वय समितिका प्रमुख शिव नाराण साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मैथिली साहित्य परिषदका पुर्व अध्यक्षद्वय विष्णु मण्डल, अशोक कुमार झा लगायतले मैथिली भाषा, सहित्य र संस्कृतिको जर्गेनाका लागी आ–आफ्नो सुझाव दिएका थिए । 
यस अघि तीन दिवसीय स्मृति पर्व समारोह अन्तर्गत पहिलो दिन मंगलवार मैथिली युवा परिषदद्वारा रक्तदान र मैथिली विद्यार्थी परिषदद्वारा कवि गोष्ठी तथा दोश्रो दिन बुधवार मैथिली पत्रकार परिषदद्वारा सरकारी कामकाजका भाषा मैथिली किन ? विषयक विचार गोष्ठिको आयोजना गरिएको थियो ।
मैथिली मुलुक कै दोश्रो सबैभन्दा बढी बोलिने भाषा हो । मधेश प्रदेशमा झण्डै ४१ प्रतिशत नागरिककको मातृ भाषा मैथिली रहेको परिषदले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वेच्छाधारी रुपले संसद विघटन गरेर प्रधानमन्त्री तानाशाही बन्न  खोजे ः उपेन्द्र यादव
स्वेच्छाधारी रुपले संसद विघटन गरेर प्रधानमन्त्री तानाशाही बन्न  खोजे ः उपेन्द्र यादव
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
आवश्यक मर्मत एवं संरक्षणको अभावमा  रंगशाला गौचरणमा परिणत
आवश्यक मर्मत एवं संरक्षणको अभावमा  रंगशाला गौचरणमा परिणत
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ 
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
बैश्य समाज सप्तरीको २१ सदस्यीय नयाँ कार्य समिति चयन
बैश्य समाज सप्तरीको २१ सदस्यीय नयाँ कार्य समिति चयन
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
प्रारम्भिक बालविकास सम्बन्धी दुई दिने कार्यशाला सुरु