उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ३, २०८२
|
|
५१ पटक हेरिएको
Shares
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र

सारांश

  •     निर्वाचन नजिकिदै जाँदा विभिन्नदलका तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्ने क्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ सप्तरीबाट उम्मेदवारी दिएका चौधरीले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
  •       आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उनले पार्टीको घोषणापत्र संगै स्थानियस्तरका थप मुद्दाहरु समेटेर घोषणापत्र सार्वजनिक गरेका छन् ।
  •     सार्वजनिक गरिएको घोषणापत्रमा फत्तेपुर स्थित त्रियुगा खोलामा बाँध बाँधेर ५ देखि ७ मेगावाट सम्म विजुली निकाल्ने कार्यलाई उनले प्राथमिकतामा राखिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।

    उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. दिपक चौधरीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
    निर्वाचन नजिकिदै जाँदा विभिन्नदलका तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो घोषणापत्र सार्वजनिक गर्ने क्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ सप्तरीबाट उम्मेदवारी दिएका चौधरीले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । 
    आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उनले पार्टीको घोषणापत्र संगै स्थानियस्तरका थप मुद्दाहरु समेटेर घोषणापत्र सार्वजनिक गरेका छन् ।
    सार्वजनिक गरिएको घोषणापत्रमा फत्तेपुर स्थित त्रियुगा खोलामा बाँध बाँधेर ५ देखि ७ मेगावाट सम्म विजुली निकाल्ने कार्यलाई उनले प्राथमिकतामा राखिएको छ । 
    नेपाल विद्युत प्राधिकरणको प्रवन्धक पदबाट राजिनामा दिएर राजनीतिमा होमिएका डा. चौधरीले घोषणापत्रमा किसानलाई निशुल्क विजुली, विपन्न बालबालिकालाई निशुल्क शिक्षा र स्वास्थ्य, राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल र रुपनी ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सुधार, संघीय संरचनालाई थप बलियो बनाउने, नागरिकको घरसम्म सम्म विद्युत विस्तार गरी उज्यालो बनाउने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने, राजविराजलाई स्थानिय कला संस्कृती संग जोडेर पर्यटकीय नगरको रुपमा विकास गर्ने उल्लेख गरेको छ ।
    यस्तै क्षेत्रभित्रका सबै पालिकामा विकास निर्माण कार्यलाई गति प्रदान गर्ने, जिर्ण सडक खण्डको स्तरोन्नती गर्ने, कृषिलाई आधुनिकीकरण गरी उत्पादकत्वमुखी बनाउने, राजविराज नगरपालिका स्थापनाकाल देखि नै बसोबास गर्दै आएका तथा अझै लालपुर्जा पाउन नसकेकाहरुलाई लालपुर्जा दिलाउन आवश्यक पहल गर्ने, जेनजी युवाहरुको उज्जवल भविष्यका लागि आवश्यक कार्य योजना बनाउने लगायतका बिषयलाई समेत उनले आफ्नो घोषणापत्रमा समेटेका छन् ।
    राजविराज नगरपालिका वडा नम्बर १३ घर भएका डा. चौधरी नेतृत्व विकास विषयमा विद्यावारिधि गर्नुका साथै हालै नेपाल विद्युत प्राधिकरणको जागिर छाडेर निर्वाचनमा होमिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दहको पानी नहाले खाना पाक्दैन
दहको पानी नहाले खाना पाक्दैन
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
आगलागीमा पाँच घर नष्ट दश लाख बराबरको क्षति
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
रौनियार सेवाको धर्मशाला निर्माणका लागि जग्गादानसहित आर्थिक सहयोग प्रदान
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
सप्तरी उद्योग बाणिज्य संघको कार्यसमितिलाई  कार्य नगर्न भन्दै जिल्ला प्रशासनमा ज्ञापन, तीन वर्षे कार्यकाल झण्डै ६ वर्षसम्म निरन्तर
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
सबल नेपाल २० औं बर्षमा प्रवेश
सबल नेपाल २० औं बर्षमा प्रवेश
पोखरीमा डुबेर बालिकाको ज्यान गयो
पोखरीमा डुबेर बालिकाको ज्यान गयो