सबै जुटे सरसफाईमा

राजविराज राजविराज
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सबै जुटे सरसफाईमा

सारांश

  •     कार्यवाहक नगरप्रमुख इसरत परवीनको अगुवाईमा थालिएको विशेष सरसफाई अभियानमा प्रदेश सांसद किरण कुमारी साह, पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादव, प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका साथै सुरक्षाकर्मी र स्थानिय अगुवाहरु सहभागी भए ।
  •     आन्दोलनको निहुमा केही अराजक तत्वले नगरपालिकाको एम्बुलेन्स र बारुणयन्त्रका साथै फोहर उठाउन प्रयोग गरिने सबै ट्याक्टर र टिपरहरु जलाई दिएपछि फोहोर उठाउन नसकी नगर दुर्गन्धित बनदै थियो ।
  • जसकारण विभिन्न रोगको संक्रमण फैलिने सम्भावनालाई मध्य नजर गरी यस्तो अभियान चलाइएको कार्यवाहक नगरप्रमुख परवीनले बताइन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।

    जेनजी आन्दोलनका क्रममा सरसफाई कार्यमा प्रयोग गरिने सबै सवारीसाधन जलेर नष्ट हुँदा एक सातादेखी राजविराज नगरको फोहर उठ्न नसक्दा मंगलबार राजविराज नगरपालिकाको अगुवाईमा विशेष सरसफाई अभियान चलाईएको छ ।
    कार्यवाहक नगरप्रमुख इसरत परवीनको अगुवाईमा थालिएको विशेष सरसफाई अभियानमा प्रदेश सांसद किरण कुमारी साह, पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादव, प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका साथै सुरक्षाकर्मी र स्थानिय अगुवाहरु सहभागी भए ।
    आन्दोलनको निहुमा केही अराजक तत्वले नगरपालिकाको एम्बुलेन्स र बारुणयन्त्रका साथै फोहर उठाउन प्रयोग गरिने सबै ट्याक्टर र टिपरहरु जलाई दिएपछि फोहोर उठाउन नसकी नगर दुर्गन्धित बनदै थियो । जसकारण विभिन्न रोगको संक्रमण फैलिने सम्भावनालाई मध्य नजर गरी यस्तो अभियान चलाइएको कार्यवाहक नगरप्रमुख परवीनले बताइन् । 
    उनले यस कार्यमा निस्वार्थ रुपमा हातेमालो गर्न सबै संग आग्रह समेत गरिन् । उनले तोडफोड र आगजनीबाट ध्वस्त भएको नगरपालिका कार्यालयको पुनःनिर्माण र आवश्यक बन्दोबस्तीका सामानको व्यवस्थापन गरी केही दिन भित्रै नगरवासीलाई सहज रुपमा सेवा प्रदान गर्न आफूहरु लागि परेको बताईन् ।
    सरसफाईमा सहभागी सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले जेनजी आन्दोलनका क्रममा भएको क्षति कसैको एकल प्रयासबाट मात्रै सम्हाल्ने र पुर्ती गर्ने अवस्था नरहेकाले सबै जुटेर प्रयास थालेको बताए ।
    प्रदेश सांसद किरण कुमारी साहले आन्दोलनका क्रममा छिरेका केही घुसपैठियाहरुले सार्वजनिक सम्पती तथा फोहोर मैला व्यवस्थापनमा प्रयोग गरिने सार्वजनिक सवारी साधन समेत जलाएर अपराधिक काम गरेको उल्लेख गर्दै नगरवासीलाई विभिन्न रोगको महामारीबाट जोगाउन थालिएको बृहत सरसफाई अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिईन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
स्व. शरणको अन्त्येष्टि क्याम्पस परिवारद्वारा श्रद्धाञ्जली
स्व. शरणको अन्त्येष्टि क्याम्पस परिवारद्वारा श्रद्धाञ्जली
फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
काँग्रेसद्वारा बिटौरी जग्गाको समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काँग्रेसद्वारा बिटौरी जग्गाको समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
कोरोनाका त्रासकाबीच रमजान सुरु 
कोरोनाका त्रासकाबीच रमजान सुरु 
एक रनले छिन्नमस्ता विजयी
एक रनले छिन्नमस्ता विजयी

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह