नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
४९ पटक हेरिएको
Shares
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार

सारांश

  •     बजारमा किनमेल गरी घर फर्किदै गरेकी ती एक नाबालिका माथी यौन दुव्र्यबहार भएको हो ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यौन दुब्र्यवहारका आरोपी ६८ वर्षिय बृद्ध फरार छन ।
  • सोही नगरपालिका वस्ने बृद्धमाथी पीडित पक्षबाट उजुरी आएपछी उनको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बुधवार साँझ एक नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुब्र्यबहारको भएको घटना सार्वजनिक भएको छ । 
    बजारमा किनमेल गरी घर फर्किदै गरेकी ती एक नाबालिका माथी यौन दुव्र्यबहार भएको हो ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यौन दुब्र्यवहारका आरोपी ६८ वर्षिय बृद्ध फरार छन । सोही नगरपालिका वस्ने बृद्धमाथी पीडित पक्षबाट उजुरी आएपछी उनको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । 
    बजारबाट घर फर्किदै गर्दा एकान्त स्थलको मौका छोपी ती बृद्धले बालिकाको सम्वेदनशिल अंगमा हात लगाई यौनदुब्र्यवहार गरेको पीडित बालिकाका परिवारको भनाइ छ । 
    बृद्धले ती नाबालिकालाई गलत नियतले शरीरको संम्वेदनशिल अंग छोएको भन्ने कुरा आएकोले यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक पुरीले जानकारी दिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?