दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
अख्तियारको छापामार शैलीप्रति बिरोध गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार सप्तरीसहित ८ वटै जिल्लामा बिरोध प्रदर्शन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासको टोलीले गत बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामार शैलीमा छापा मारेको बिरोधमा सो बिरोध प्रदर्शन गरिएको हो ।
जसपा जिल्ला कमिटि सप्तरीद्वारा राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध प्रदर्शन नगर परिक्रमा गर्दै स्थानिय दशन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतमा आयोजित बिरोध सभामा पार्टीका प्रदेश २ महासचिव शम्भु झा, नेता विकास तिवारी, बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइत, महिला नेतृ रमिला साहलगायतले अख्तियारले प्रदेश २ मा जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकारको बदनामी गर्न खोजेको आरोप लगाउँदै मुख्यमन्त्री जस्तो गरिमामय पदलाई आघात पुर्याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको बताए ।
यसअघि जसपा निकट युवा बिद्यार्थीहरूले अख्तियारले मारेको छापाप्रति आपत्ति जनाउदै शनिवार राजबिराजमा मसाल जुलुस प्रदर्शन गरेको थियो । स्थानिय शिवमन्दिरको प्राङ्गणबाट जसपा निकट युवा बिधार्थीहरूले निकालेको मसाल जुलुस दशन चौकमा कोण सभामा परिणत भएको थियो ।
गत बुधवार अख्तियारको बर्दिवासस्थित टोलीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छापा मारेको थियो भने ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तरगत साइकल बितरण सम्बन्धी सम्पूर्ण कागजात समेत लगेको छ ।
अख्तियार बिरुद्ध जसपाको प्रदर्शन
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवासको टोलीले गत बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामार शैलीमा छापा मारेको बिरोधमा सो बिरोध प्रदर्शन गरिएको हो ।
- जसपा जिल्ला कमिटि सप्तरीद्वारा राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निकालिएको बिरोध प्रदर्शन नगर परिक्रमा गर्दै स्थानिय दशन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
- जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतमा आयोजित बिरोध सभामा पार्टीका प्रदेश २ महासचिव शम्भु झा, नेता विकास तिवारी, बलान बिहुल गाउँपालिका अध्यक्ष दयानन्द गोइत, महिला नेतृ रमिला साहलगायतले अख्तियारले प्रदेश २ मा जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकारको बदनामी गर्न खोजेको आरोप लगाउँदै मुख्यमन्त्री जस्तो गरिमामय पदलाई आघात पुर्याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया