दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
बिहीबार साँझ आएको हावाहुरीको समयमा कोशी नहरमा कार अनियन्त्रित भई खस्दा एक बालकको मृत्यु भएको छ भने एकै परिवारका १० जना घाइते भएका छन् ।
इद पर्वको अवसर पारेर कोशी ब्यारेज घुम्न हिडेका प्रदेश३–०१–०२२च.१३५० नम्बरको कारमा सवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ निवासी सल्मान अलीका ५ वर्षिय छोराको मृत्यु भएको हो ।
दुर्घटनामा अलीका ५ वर्षिय छोरा गम्भिर घाइते भई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाई छ ।
यस्तै दुर्घटनामा सल्मान अली, उनका ४ वर्षिय कान्छो छोरा आशिक अलीसहित १० जना घाइते भएको र उनीहरुको बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सडकभन्दा करिब १२ फिट तल कोशी नहरमा खसेर कार दुर्घटनाग्रस्त भएको स्थानियहरुले बताएका छन् ।
प्रहरीका अनुसार कोशी ब्यारेज घुमेर घर फर्किदै गर्दा राती करिब ९ बजेतिर एक्कासी हावाहुरी चलेको बेला उक्त कार अनियन्त्रित भई हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ सकरदहीस्थित कोशी नहरमा खसेर दुर्घटना भएको हो ।
कारमा क्षमता भन्दा बढी भार भएकोले पनि चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यता दुर्घटनाको खबर पाए लगत्तै पुगेको प्रहरी टोलीले घाइतेहरुको उद्दार गरि अस्पताल पु¥याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
कोशी नहरमा कार खस्दा एक बालकको मृत्यु, एकै परिवारका १० जना घाइते
सारांश
- इद पर्वको अवसर पारेर कोशी ब्यारेज घुम्न हिडेका प्रदेश३–०१–०२२च.
- १३५० नम्बरको कारमा सवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ निवासी सल्मान अलीका ५ वर्षिय छोराको मृत्यु भएको हो ।
- दुर्घटनामा अलीका ५ वर्षिय छोरा गम्भिर घाइते भई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया