छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी 

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
२७ पटक हेरिएको
Shares
छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी 

सारांश

  •     घटनाको डेढ साता वित्तिसक्दा पनि लिलाको मृत्यु बारे सत्यतथ्य सार्वजनिक नभएपछि आईतबार राजविराज आईपुगेकी ७५ बर्षिय आमा धुरनी देवी घटनाबारे जानकारी दिँदै सबै सरोकारवालासँग सहयोगकालागि आग्रह गर्दै घटनाको उच्च स्तरिय छानविन हुनुपर्ने माग समेत गरेकी छिन् ।
  •       खडक नगरपालिका ३ मा माईती रहेको लिलाकी आमाले मृत्यु विवरण, ईलाका प्रहरी कार्यालय कल्याणपुरमा बुझाउन खोजेको जाहेरी दरखास्तका प्रतिलिपि र छोरीका केही तस्विर लिएर आएकी आएकी थिइन् ।
  •     लिलाको हत्यालाई आत्महत्या देखाउन मृतकका पति सन्तोष, सासु जिबछी देवी र ससुरा लक्ष्मण भगतले मिलोमतो गरी लिलालाई पासो लगाएर झुण्डियाएको आमा धुरनी देवीको आरोप छ ।

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 
    सप्तरीको खडक नगरपालिका १० फुलबरियाकी ३५ बर्षिया लिला देवी भगत गत माघ २० गते आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेकोमा आत्महत्या नभई हत्या भएको मृतककी आमा धुरनी देवीले दाबी गरेकी छिन । 
    घटनाको डेढ साता वित्तिसक्दा पनि लिलाको मृत्यु बारे सत्यतथ्य सार्वजनिक नभएपछि आईतबार राजविराज आईपुगेकी ७५ बर्षिय आमा धुरनी देवी घटनाबारे जानकारी दिँदै सबै सरोकारवालासँग सहयोगकालागि आग्रह गर्दै घटनाको उच्च स्तरिय छानविन हुनुपर्ने माग समेत गरेकी छिन् । 
    खडक नगरपालिका ३ मा माईती रहेको लिलाकी आमाले मृत्यु विवरण, ईलाका प्रहरी कार्यालय कल्याणपुरमा बुझाउन खोजेको जाहेरी दरखास्तका प्रतिलिपि र छोरीका केही तस्विर लिएर आएकी आएकी थिइन् ।
    लिलाको हत्यालाई आत्महत्या देखाउन मृतकका पति सन्तोष, सासु जिबछी देवी र ससुरा लक्ष्मण भगतले मिलोमतो गरी लिलालाई पासो लगाएर झुण्डियाएको आमा धुरनी देवीको आरोप छ । 
    माईती पक्षका अनुसार उनका पति सन्तोषको छिमेकी एक महिला सँग अनौतिक सम्बन्ध रहेकोले पछिल्लो केही समयदेखि ज्वाई सन्तोषले छोरीलाई चरम यातना दिदै आएको धुरनी देवीले सुनाईन । 
    यसबारे छोरीले समेत पटक पटक आफुलाई जानकारी दिने गरेको उनले बताईन । विहेको १५ वर्ष वित्तिसक्दा पनि छोरीको विहे दर्ता र नागरिकता समेत नबनाई दिएको उनले बताइन् । 
    यता घटनाको भोलीपल्ट धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिलाको पोष्र्टमार्टमा सकिएपछि दाह संस्कार गरिएको थियो । पोष्र्टमाटम रिपोर्ट भने अहिले सम्म आउन सकेको छैन । 
    यसबारे ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक धर्मराज मुडभरीले पोष्र्टमाटम रिपोर्ट आई नसकेको अवस्थामा लिलाले आत्महत्या गरेकी हुन वा हत्या भन्ने बारे अहिले यकिन भन्न नसकिने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
हिन्दु राष्ट्र तथा गांै हत्यामा संलग्नलाई  कारवाहीको माग गर्दै प्रदर्शन
हिन्दु राष्ट्र तथा गांै हत्यामा संलग्नलाई  कारवाहीको माग गर्दै प्रदर्शन
तिम्ल्याहा बच्चाको जन्म 
तिम्ल्याहा बच्चाको जन्म 
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
कारागारमा प्रतिबन्धित  लागुऔषध र मोबाइल फेला
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
गजेन्द्र बाबु र विभेदीकरणको लडाई
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
पुनःनियुक्ति माग्दै कर्मचारी धर्नामा
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
कोरोना संक्रमण पुष्टि भएको दुई घण्टा नबित्दै एक महिलाको मृत्यु, सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या ६ पुग्यो
लागु औषधसहित तीन पक्राउ
लागु औषधसहित तीन पक्राउ