राजविराज÷नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा स्थापित ‘लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार’ बाट यस वर्ष सञ्चारकर्मी विद्यानन्द राम सम्मानित भएका छन् । यस्तै सोही कार्यक्रममा अन्य दुई जना पत्रकारसमेत सम्मानित भएका छन् ।
लोकेन्द्र स्मृति दिवशको अवसरमा महासंघले शनिवार आयोजना गरेको पुरस्कार वितरण समारोहमा अनुसन्धानात्मक समाचारका साथै विकृति एवं बेथिति विरुद्ध निर्भिकताकासाथ कलम चलाएर पु¥याएको योगदानवापत २५ औं स्मृति पत्रकारीता पुरस्कार रामलाई प्रदान गरिएको हो ।
लोकेन्द्र स्मृति पत्रकारीता पुरस्कार कोषका संस्थापक सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल र महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले रामलाई संयुक्त रुपमा नगद, दोसल्ला तथा प्रमाण पत्र प्रदान गरेका छन् । विगत ७ वर्षदेखि सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका राम जनता टेलिभिजनको सप्तरी सम्वाददाता तथा न्यूज टुडे दैनिक पत्रिकाका प्रमुख सम्वाददाता हुन् ।
सो पुरस्कारको राशी भने ५ हजार ५ रुपैयाँ रहेको पुरस्कार छनोट समितिका संयोजक अनीलकुमार अनलले जानकारी दिएका छन् ।
सोही समारोहमा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईद्वारा स्वर्गीय मातापिताको नाममा स्थापना गरिएको ‘लक्ष्मीमुक्ती स्मृति पत्रकारीता’ बाट अग्रज पत्रकार व्यास शंकर उपाध्याय तथा वातावरण दैनिकका सम्पादक वैद्यनाथ झाले स्थापना गरेको उमासिंह स्मृति पत्रकारीता पुरस्कारबाट दिनानाथ यादव सम्मानित भएका छन् ।
पत्रकार उपाध्याय काठमाडौंबाट प्रकाशित ‘द हिमालयन टाइम्स’ पत्रिकामा सप्तरी सम्वाददाताका रुपमा कार्यरत रहेका छन् भने यादव रेडियो नेपालको जिल्ला सम्वाददाता हुन् ।
महासंघ सप्तरीका अध्यक्ष खड्गाको अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य प्याकुरेलको प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेशकुमार झा, वरिष्ठ पत्रकार अनिलकुमार अनल, शिवहरि भट्टराई, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नागरिक संजालका अध्यक्ष सुखराम यादव, प्रेस नेपाल प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरका थिए । समारोहको सञ्चालन भने महासंघ सप्तरीका सचिव जितेन्द्रकुमार झा ‘जितु’ ले गरेको थियो ।
विभिन्न पुरस्कारबाट तीन पत्रकार सम्मानित
सारांश
- सो पुरस्कारको राशी भने ५ हजार ५ रुपैयाँ रहेको पुरस्कार छनोट समितिका संयोजक अनीलकुमार अनलले जानकारी दिएका छन् ।
- सोही समारोहमा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईद्वारा स्वर्गीय मातापिताको नाममा स्थापना गरिएको ‘लक्ष्मीमुक्ती स्मृति पत्रकारीता’ बाट अग्रज पत्रकार व्यास शंकर उपाध्याय तथा वातावरण दैनिकका सम्पादक वैद्यनाथ झाले स्थापना गरेको उमासिंह स्मृति पत्रकारीता पुरस्कारबाट दिनानाथ यादव सम्मानित भएका छन् ।
- पत्रकार उपाध्याय काठमाडौंबाट प्रकाशित ‘द हिमालयन टाइम्स’ पत्रिकामा सप्तरी सम्वाददाताका रुपमा कार्यरत रहेका छन् भने यादव रेडियो नेपालको जिल्ला सम्वाददाता हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया