दैनिक समाचारदाता
राजविराज, १ पुस ।
उज्यालो नेपाल पार्टीले प्रतिनिधीसभा निर्वाचनमा सबै जिल्लाबाट उम्मेदवारी दिने तयारी गरेको जनाएको छ ।
कुलमान घिसिङले नेतृत्व गरेको उक्त पार्टीले मंगलबार राजविराज पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौं–सप्तरी सम्पर्क मञ्चका संयोजक डा. दिपक चौधरीले “सही पदमा सही प्रतिनिधि” नाराका साथ जिल्ला जिल्लामा संगठन निर्माण, कमिटिहरु गठन तथा सम्भावित उम्मेदवारको सूची संकलन लगायतका माध्यमबाट पार्टीले निर्वाचनको तयारी अघी बढाएको जनाए ।
जिल्ला जिल्लामा संगठन बिस्तार गर्ने क्रममा सप्तरीमा समेत पार्टीको प्रचार प्रसार, संगठन निर्माण, जनतासँग प्रत्यक्ष संवाद तथा सम्भावित उम्मेदवारको नाम संकलन कार्य अभियानकै रुपमा अघी बढेको उनले बताए ।
अर्का केन्द्रिय सदस्य ई. तेजनारायण यादवले आगामी निर्वाचनमा उज्यालो पार्टीको उपस्थिति र भविष्य उज्वल हुने भन्दै जेनजी पुस्ताको पनि अपार समर्थन रहेको दाबी गरे । भ्रष्टाचारबाट मुक्ति तथा विकासको एजेण्डालाई पहिलो प्राथमिकतामा राखेर अघी बढेको उनको दाबी छ ।
पत्रकार सम्मेलनमा काठमाडौं–सप्तरी सम्पर्क मञ्चका सहसंयोजक हर्खनारायण चौधरी, सचिव बेदानन्द साह, सहसचिव इन्द्रशंकर चौधरीले पनि पार्टीको गतिबिधी बारे जानकारी गराएका थिए ।
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
सारांश
- कुलमान घिसिङले नेतृत्व गरेको उक्त पार्टीले मंगलबार राजविराज पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी दिएको हो ।
- पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौं–सप्तरी सम्पर्क मञ्चका संयोजक डा.
- दिपक चौधरीले “सही पदमा सही प्रतिनिधि” नाराका साथ जिल्ला जिल्लामा संगठन निर्माण, कमिटिहरु गठन तथा सम्भावित उम्मेदवारको सूची संकलन लगायतका माध्यमबाट पार्टीले निर्वाचनको तयारी अघी बढाएको जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया