दैनिक समाचारदाता
राजविराज, १ भदौ ।
राजविराज नगरपालिका ७ निवासी ६२ वर्षिय एक पुरुषको घरमा चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु भएको छ । स्थानिय लक्षमण शर्माको बुधबार बिहान यसरी मृत्यु भएको हो ।
उनको घर तथा आगँनको दक्षिण पट्टी रहेको भाई जोगेन्द्रको घरमा समेत मंगलवार मध्यरातमा चोरी भएको थियो । प्रहरीका अनुसार लक्षमणको घरबाट १ थान मोवाईल र नगद ५ हजार तथा उनको भाई जोगेन्द्रको घरबाट १२ हजार नगद र अन्य सरसमान गरी १ लाख २ हजारको धनमाल चोरी भएको हो । भाई जोगेन्द्र सपरिवार अघिल्लो दिन मंगलवार मात्र काम विषेशले विराटनगर गएका थिए ।
घरमा कोही नभएको मौका छोपी समान चोरी भएको थाहा पाएपछि आगंनमै बेहोश भएका उनलाई तत्कालै उपचारका लागी स्थानीय गजेन्द्र नारयाण सिह अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएको पाँच मिनेट भित्रै उनको मृत्यु भएको थियो । उपचारमा संलग्न चिकित्सकले मृत्युको कारण हृदयघात भएको बताएका छन् । शर्माको बुधवार नै घरमा आवश्यक विधी प्रक्रिया पुरा गरी अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।
गर्मीका कारण झ्याल खोलेर सुतेका बेला चोरले बाहिरैबाट अंकुशे लगाएर उनको मोवाईल र पाइन्टमा राखिएको ५ हजार रुपैया (पाइन्ट सहित) चोरेका थिए । सोही आंगनको दक्षिण पट्टी रहेको उनका भाई जोगेन्द्रको घरको झयाल ढोका समेत फोडेर १ लाख २ हजार मुल्य बराबरको समान चोरी भएको कुरा उनले विहान उठेपछि मात्र थाहा पाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले चोरीमा संलग्न चोरको खोजी कार्य भईरहेको जानकारी दिएका छन् ।
चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु
सारांश
- उनको घर तथा आगँनको दक्षिण पट्टी रहेको भाई जोगेन्द्रको घरमा समेत मंगलवार मध्यरातमा चोरी भएको थियो ।
- प्रहरीका अनुसार लक्षमणको घरबाट १ थान मोवाईल र नगद ५ हजार तथा उनको भाई जोगेन्द्रको घरबाट १२ हजार नगद र अन्य सरसमान गरी १ लाख २ हजारको धनमाल चोरी भएको हो ।
- भाई जोगेन्द्र सपरिवार अघिल्लो दिन मंगलवार मात्र काम विषेशले विराटनगर गएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया