संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण

राजविराज राजविराज
|
बिहिबार, श्रावण ११, २०८०
|
|
४२ पटक हेरिएको
Shares
संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण

सारांश

  •     बुधबार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संसदीय विकास कोष अन्तरगतको योजना, उपभोक्ता समिति तथा रकम समेत सार्वजनिक गरिन् ।
  • संसद विकास कोषको ९५ लाख र प्रशासनिक खर्च वापतको ५ लाख गरि कुल १ करोड रुँपैयाको खर्च विवरण उनले सार्वजनिक गरेकी छिन् ।
  •       उनले खडक नगरपालिकामा खडक बहुमुखी क्याम्पस भवन निर्माण, कृषि सडक निर्माण ग्राभेल, कल्भर्ट निर्माण, विश्राम स्थल निर्माण, पक्की नाला निर्माण, छठघाट निर्माण, ब्यूटिसियन र मैनवत्ती तालिम लगायतका योजना गत आर्थिक वर्षमा संचालनमा रहेको र त्यसमा कुल रकम ९५ लाख खर्च भएको बताइन् ।

दैनिक समाचारदाता
राजविराज, १० साउन । 

    मधेश प्रदेशकी सांसद माला कर्णले संसद विकास कोष अन्तरगत आर्थिक वर्ष २०७९÷८० मा आफूद्वारा संचालित योजनाहरु सार्वजनिक गर्ने जिल्लाको पहिलो सांसद बनेकी छिन् । 
    बुधबार पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संसदीय विकास कोष अन्तरगतको योजना, उपभोक्ता समिति तथा रकम समेत सार्वजनिक गरिन् । संसद विकास कोषको ९५ लाख र प्रशासनिक खर्च वापतको ५ लाख गरि कुल १ करोड रुँपैयाको खर्च विवरण उनले सार्वजनिक गरेकी छिन् । 
    उनले खडक नगरपालिकामा खडक बहुमुखी क्याम्पस भवन निर्माण, कृषि सडक निर्माण ग्राभेल, कल्भर्ट निर्माण, विश्राम स्थल निर्माण, पक्की नाला निर्माण, छठघाट निर्माण, ब्यूटिसियन र मैनवत्ती तालिम लगायतका योजना गत आर्थिक वर्षमा संचालनमा रहेको र त्यसमा कुल रकम ९५ लाख खर्च भएको बताइन् । 
    जनताको प्रतिनिधि भएपछि आफूले गरेको कामको विवरण जनसमक्ष प्रस्तुत गर्नु आफ्नो जिम्मेवारी बुझेर मैले यो काम गरेको उनले बताइन् । नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभा सदस्य रहेकी कर्णले भनिन्– सुशासन र पारदर्शीताका लागि पनि यस्ता कुरा जनतालाई जानकारी दिनुपर्दछ । 
    कार्यक्रममा उनले आफूले पाउने मासिक पारश्रमिक तथा अन्य सुविधा वापतको रकमको विवरण समेत सार्वजनिक गरेकी छिन् । पत्रकारिताकै पृष्ठभूमीबाट प्रदेशसभा सदस्यको जिम्मेवारीमा पुगेकी कर्णले पत्रकारितामा देखिन थालिएको विकृतीमा सुधारको आवश्यकता समेत औल्याइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तलबका लागि मदरसामा तालाबन्दी
तलबका लागि मदरसामा तालाबन्दी
आइडियलद्वारा २५ आइडिया सार्वजनिक
आइडियलद्वारा २५ आइडिया सार्वजनिक
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
एक सय ३५ विपन्न छोरीलाई साइकल
भारोत्तोलनका खेलाडीको बिदाई
भारोत्तोलनका खेलाडीको बिदाई
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
बहुविवाहका आरोपी कारागार चलान
बहुविवाहका आरोपी कारागार चलान
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग,  सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द