तलबका लागि मदरसामा तालाबन्दी

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १४, २०८०
|
|
४१ पटक हेरिएको
Shares
तलबका लागि मदरसामा तालाबन्दी

सारांश

  •     नगरपालिकाले दिएको थोरै अनुदान रकमका आधारमा न्युनतम तलब लिएर पनि काम गर्दै आएका शिक्षक÷शिक्षिकाहरुले मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँको हठका कारण विगत तीन महिना देखि तलब खान नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
  •       मदरसाको बैंक खाता अध्यक्ष आसिन मियाँ र प्रधानाध्यापक रुबीना बेगमको संयुक्त नाममा संचालन छन् ।
  • तलब खान पुग्ने गरी खातामा रकम मौजदात रहदा रहदै पनि पुर्वाग्रह राखी तथा दुःख दिने मनसायले चेकमा हस्ताक्षर गर्न न मानेपछि त्यहाँ कार्यरत ५ जना शिक्षक÷शिक्षिका र मोलबीले बिगत तीन महिनादेखि तलब खान नपाएको प्रधानाध्यापक रुबीना बेगमले बताईन ।

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 

    राजविराज वडा नं. १ चनौरा पडरियास्थित आशीमियाँ दारुलउलम मदरसामा तलब नपाएको भन्दै मंगलबार तालाबन्दी गरिएको छ । प्रधानाध्यापक र शिक्षकहरुको अगुवाईमा तालाबन्दी गरिएको हो । 
    नगरपालिकाले दिएको थोरै अनुदान रकमका आधारमा न्युनतम तलब लिएर पनि काम गर्दै आएका शिक्षक÷शिक्षिकाहरुले मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँको हठका कारण विगत तीन महिना देखि तलब खान नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् । 
    मदरसाको बैंक खाता अध्यक्ष आसिन मियाँ र प्रधानाध्यापक रुबीना बेगमको संयुक्त नाममा संचालन छन् । तलब खान पुग्ने गरी खातामा रकम मौजदात रहदा रहदै पनि पुर्वाग्रह राखी तथा दुःख दिने मनसायले चेकमा हस्ताक्षर गर्न न मानेपछि त्यहाँ कार्यरत ५ जना शिक्षक÷शिक्षिका र मोलबीले बिगत तीन महिनादेखि तलब खान नपाएको प्रधानाध्यापक रुबीना बेगमले बताईन । 
    मदरसामा प्रध्यानाध्यापक बेगम, मौलबी मो.युनुस, कार्यालय सहायक रोशन खातुन तथा बाल विकास शिक्षिका तर्फ रक्षा चौधरी र प्रमिला कुमारी यादव गरी ५ जना कार्यरत छन् । 
    उनीहरुले गत साउन, भदौ र असोज महिनाको तलब तथा दशै खर्च समेत पाउन सकेका छैनन । २४ जना छात्र र ६२ जना छात्रा गरी कुल ८६ जना विद्यार्थी रहेको मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंगे्रजी र गणित विषयको पढाई हुन्छ । पठाई अब्बल रहेपनि अध्यक्षको मनोमानीका कारण बेला बेलामा विवाद उत्पन्न हुने गरेको अभिभावक मो.सदरुलले सुनाए । 
    मदरसामा कार्यरत शिक्षक, शिक्षिका, मौलवी र कार्यालय सहायकलाई अध्यक्ष आसिनले घरको नौकर जस्तै व्यवहार गर्न थालेपछि विवाद उत्पन्न हुने गरेको तथा यसले बालबालिकाको पठन पाठनमा समेत असर पर्न थालेको अर्का अभिभावक हसिना वेगमको भनाई छ । 
    राजविराज नगरपालिका शिक्षा शाखा मार्फत उक्त मदरसालाई दिदै आएको २ लाख ४१ हजार रुपैया मध्येबाट मासिक ८ हजार ३ सय ३३ रुपैया तलबमा शिक्षकहरु काम गर्दै आएका छन् । 
    मदरसाका प्रध्यानाध्यापक रुबीना बेगमले केही दिन अघि मात्र नगरपालिकाबाट अनुदान स्वरुप आउने वार्षिक २ लाख ४१ हजार मध्ये ४१ हजार मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँले स्वयम लिने गरेको र बाँकी २ लाखबाट आफुहरु तलब लिने गरेको सार्वजनिक गरेकी थिइन । सोही कारणले रिसाएका अध्यक्ष आसिनले चेकमा हस्ताक्षर गर्न नमानेको र गल्ती स्वीकार्न दवाब दिन थालेको मौलवी मो.युनुसको भनाई छ । 
    मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिनले भने शिक्षकहरुले आफुलाई नटेर्ने तथा आफु विरुद्ध गलत प्रचारबाजी गरेको दाबी गरेका छन् । आपृmु तलब खुवाउन चेकमा हस्ताक्षर गर्न तयार हुने तर त्यस अघि समाजका भरभलादमी वसेर केही निर्णय गर्नू पर्ने उनको अडान छ । कस्तो निर्णय ? भन्ने जिज्ञासामा उनले भने “त्यो कुरा वैठक वसेपछि मात्र राख्छौ ।”
    नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले मदरसामा लामो समय देखि तलब नपाएपछी शिक्षक÷शिक्षिकाहरुले तालाबन्दी गरेको खबर आफुलाई प्राप्त भएको बताउँदै यसको सत्य तथ्य बुझ्ने काम भईरहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?