उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट

राजविराज राजविराज
|
सोमबार, श्रावण ४, २०७८
|
|
४१ पटक हेरिएको
Shares
उच्च अदालत जनकपुर राजविराज  इजलासद्वारा एक हजार ४ सय मुद्दा फर्छयोट

सारांश

  •     वार्षिक कार्य योजनाको समिक्षा एवं पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम मार्फत अदालतले आ.
  • ब.
  • ०७७÷०७८ को कार्य सम्पादनको स्थिती विवरण सार्वजनिक गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, ३ साउन । 
    उच्च अदालत जनकपुर राजविराज इजलासले आर्थिक वर्ष ०७७÷०७८ मा ३ हजार १ सय ९१ मुद्दा मध्ये १ हजार ४ सय मुद्दा फर्छयोट गरेको छ ।
    वार्षिक कार्य योजनाको समिक्षा एवं पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम मार्फत अदालतले आ.ब.०७७÷०७८ को कार्य सम्पादनको स्थिती विवरण सार्वजनिक गरेको हो । 
    कार्यक्रममा प्रस्तुत कार्य सम्पादनको विवरण अनुसार ०७७÷०७८ मा जनकपुर राजविराज इजलासले जिम्मेवारी सरेको १ हजार ४ सय १० र नयाँ दर्ता १ हजार ७ सय ९२ गरी जम्मा ३ हजार १ सय ९१ मुद्दा मध्ये १ हजार ४ सय मुद्दा फर्छयोट गरेको जनाएको छ ।
    यस्तै सप्तरी जिल्ला अदालतले जिम्मेवारी सरेको ४ हजार २ सय ७० र नयाँ दर्ता ३ हजार १ सय ६२ गरी जम्मा ७ हजार ४ सय ३२ मुद्दा मध्ये ३ हजार ३६ मुद्दा फर्छयोट गरेको छ । 
    यस्तै मातहतका अर्काे सिरहा जिल्ला अदालतले जिम्मेवारी सरेको ३ हजार ८ र नयाँ दर्ता ३ हजार ५ सय १८ गरी कुल ६ हजार ५ सय २६ मध्ये ३ हजार २ सय मुद्दा फर्छयोट गर्न सफल भएको उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाघिश डिल्लीराज आचार्यद्वारा कार्यक्रममा प्रस्तुत कार्य सम्पादन विवरणमा उल्लेख छ । 
    कार्यक्रमम न्यायाधिश आचार्यले अदालत प्रशासन र न्यायप्रणालीमा सुधारका साथै नागरिकको न्यायका लागी अदालतमुखी र न्यायालयलाई नागरिकमुखी बनाउन विभिन्न कार्यक्रम अघि बढाइएको जानकारी दिए । 
    नागरिक मैत्रि न्यायालयको अवधारणा अनुरुप विपन्न र असाहय सेवाग्राहीलाई निशुल्क कानुनी साहयता, कारागारका कैदीबन्दीका लागी न्यायीक शिविर, न्यायीक प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन समुदायमा अदालत कार्यक्रम, दोभाषे सेवा, निःशूल्क प्रोवोनो सेवा,विधुतीय डिस्प्ले बोर्ड,सुचना तथा सहयोग कक्ष लगायतका सेवा प्रदान थालिएको उनले जानकारी दिए । 
    यस्तै रिट निवेदनमा मुद्दाको कार्यतालिका निर्माण, अदालती सेवाबारे सबै स्थानीय तहमा परिपत्र, कर्मचारीलाई सुचना प्रविधी तथा सेवाग्राही संगको ब्यवहार सम्बन्धि तालिम, अदालतको कामलाई प्रभावकारी बनाउन न्यायाधिशहरुको संयोजकत्वमा विभिन्न समितीको गठन लगायतका काम समेत अघि बढेको उनले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
दुर्घटनामा गम्भिर घाइते भएका मण्डलको उपचारका क्रममा मृत्यु
गर्भवती र सुत्केरी महिलाका  लागि निःशुल्क एम्बुलेन्स सेवा
गर्भवती र सुत्केरी महिलाका  लागि निःशुल्क एम्बुलेन्स सेवा
सउबा संघद्वारा पत्रकार महासंघलाई  मास्क र सेनिटाइजर प्रदान
सउबा संघद्वारा पत्रकार महासंघलाई  मास्क र सेनिटाइजर प्रदान
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
कोरोना संक्रमणबाट मुक्त भएका कैदीबन्दीलाई सरसफाई सामाग्रि प्रदान
घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै
घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
काँग्रेस सप्तरीद्वारा ८ वटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा बिरोधसभा 
आत्महत्याका घटना बढ्दो
आत्महत्याका घटना बढ्दो