दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
सप्तरीको बोदेबरसाइनमा आइतबार आगलागि हुँदा दुई घर, नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति भएको छ ।
बोदेबर्साइन नगरपालिका ८ काचन बस्ने अशोक रामको घरमा आइतबार बिजुलीको तार सर्ट भई आगलगि हुँदा अशोकसहित हरिनारायण मोची घर जल्दा उक्त ८ लाख ७३ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागिमा अशोक रामको घर, लताकपडा, धान, चामल, साईकल लगायत जलेर नष्ट हुँदा १ लाख ५४ हजार मुल्य बराबरको क्षति भएको हो । यस्तै छिमेकी हरी नारायण मोचीको घर, नगद १ लाख ७० हजार, चाँदीको गहना, लत्ताकपडा, साईकल, चामल, धान, गँहु लगायत जलेर नष्ट हुँदा ७ लाख १९ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो स्थानिय बासी, नेपाल प्रहरी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै आइतबारै जिल्लाको सप्तकोशि नगरपालिका १० भगनिस्थित बिजुलिको पोलको तार सर्ट भई निस्केको आगोको झिल्काले स्थानिय सुकदेव चौधरीको परालको टालमा आगलागि भएको छ । सो आगलागिमा १५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
सारांश
- बोदेबर्साइन नगरपालिका ८ काचन बस्ने अशोक रामको घरमा आइतबार बिजुलीको तार सर्ट भई आगलगि हुँदा अशोकसहित हरिनारायण मोची घर जल्दा उक्त ८ लाख ७३ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- आगलागिमा अशोक रामको घर, लताकपडा, धान, चामल, साईकल लगायत जलेर नष्ट हुँदा १ लाख ५४ हजार मुल्य बराबरको क्षति भएको हो ।
- यस्तै छिमेकी हरी नारायण मोचीको घर, नगद १ लाख ७० हजार, चाँदीको गहना, लत्ताकपडा, साईकल, चामल, धान, गँहु लगायत जलेर नष्ट हुँदा ७ लाख १९ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया