दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
सप्तरीको बोदेबरसाइनमा आइतबार आगलागि हुँदा दुई घर, नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति भएको छ ।
बोदेबर्साइन नगरपालिका ८ काचन बस्ने अशोक रामको घरमा आइतबार बिजुलीको तार सर्ट भई आगलगि हुँदा अशोकसहित हरिनारायण मोची घर जल्दा उक्त ८ लाख ७३ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागिमा अशोक रामको घर, लताकपडा, धान, चामल, साईकल लगायत जलेर नष्ट हुँदा १ लाख ५४ हजार मुल्य बराबरको क्षति भएको हो । यस्तै छिमेकी हरी नारायण मोचीको घर, नगद १ लाख ७० हजार, चाँदीको गहना, लत्ताकपडा, साईकल, चामल, धान, गँहु लगायत जलेर नष्ट हुँदा ७ लाख १९ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो स्थानिय बासी, नेपाल प्रहरी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै आइतबारै जिल्लाको सप्तकोशि नगरपालिका १० भगनिस्थित बिजुलिको पोलको तार सर्ट भई निस्केको आगोको झिल्काले स्थानिय सुकदेव चौधरीको परालको टालमा आगलागि भएको छ । सो आगलागिमा १५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागिमा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति
सारांश
- बोदेबर्साइन नगरपालिका ८ काचन बस्ने अशोक रामको घरमा आइतबार बिजुलीको तार सर्ट भई आगलगि हुँदा अशोकसहित हरिनारायण मोची घर जल्दा उक्त ८ लाख ७३ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- आगलागिमा अशोक रामको घर, लताकपडा, धान, चामल, साईकल लगायत जलेर नष्ट हुँदा १ लाख ५४ हजार मुल्य बराबरको क्षति भएको हो ।
- यस्तै छिमेकी हरी नारायण मोचीको घर, नगद १ लाख ७० हजार, चाँदीको गहना, लत्ताकपडा, साईकल, चामल, धान, गँहु लगायत जलेर नष्ट हुँदा ७ लाख १९ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया