मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 

राजविराज राजविराज
|
बुधबार, श्रावण १६, २०८१
|
|
२० पटक हेरिएको
Shares
मृत्युको मुखमा पुगेका एक बृद्धले पाए नयाँ जीवन 

सारांश

  •     ६ महिना अघि अचानक मुखको भित्रि भाग दुःख्ने र पछि गएर घाउ भई खाना खान समेत समस्या भएपछी मजिद राजविराज, विराटनगर र धरानमा एक पछि अर्काे चिकित्सकलाई देखाउदै औषधी खाईरहे ।
  • तर, समस्या घट्नुका साटो झनै बढ्दै गयो ।
  • राजविराज ३ स्थित प्रज्ञा प्रिन्टिङ्ग प्रेसमा मजदुरको रुपमा कार्यरत ६१ वर्षिय मजिदको उपचार खर्च र रोग बढ्दै गएपछी उनको परिवार थप तनावमा परे ।

दैनिक समाचारदाता
राजविराज, १६ साउन ।

    मुख क्यान्सर रोगले पीडित एक बृद्ध सहि उपचार पाउँदा नयाँ जीवन पाएका छन् । राजविजराज ९ मलेठ निवासी ६१ वर्षिय मो.मजिदले क्यान्सर रोगलाई पराजित गर्दै नयाँ जिवन पाएका हुन् । उनलाई क्यान्सर रोगबाट मुक्त गराई नया जीवन दिने चिकित्सक हुन डा.ऋषीकेश ठाकुर र डा. विकास आनन्द ।   
    ६ महिना अघि अचानक मुखको भित्रि भाग दुःख्ने र पछि गएर घाउ भई खाना खान समेत समस्या भएपछी मजिद राजविराज, विराटनगर र धरानमा एक पछि अर्काे चिकित्सकलाई देखाउदै औषधी खाईरहे । तर, समस्या घट्नुका साटो झनै बढ्दै गयो । राजविराज ३ स्थित प्रज्ञा प्रिन्टिङ्ग प्रेसमा मजदुरको रुपमा कार्यरत ६१ वर्षिय मजिदको उपचार खर्च र रोग बढ्दै गएपछी उनको परिवार थप तनावमा परे । 
    विपन्न परिवारका मजिदलाई विभिन्न अस्पतालमा उपचार गराउँदा ९ लाख रुपैया ऋण पनि लाग्यो । तर, न त रोग निको भयो, न त रोग नै पत्ता लाग्यो । यसैबीच केही जानकार आफन्तले मजिदलाई स्वास्थ्य परिक्षणका लागी काठमाडौं लैजान सल्लाह दिए । उपचारका क्रममा ९ लाख ऋणको भारीमा डुबेका मजिद परिवार फेरी बैंकमा जग्गा धितो राखी ३ लाख रुपैया ऋण उठाई गत असार ३ गते काठमाडांै पुगे । 
    काठमाडौंस्थित नेशनल एकेडेमी अफ मेडिकल साइन्स विर अस्पतालका बरिष्ठ नाक, कान, घाटी क्यान्सर रोग विशेषज्ञ डा. ऋषीकेश ठाकुर नेतृत्वको टिमले भर्ना भएको भोली पल्टै विहान ११ बजे तिर अपरेशन गरे ।
    “अपरेशन सक्न १३ घण्टा लाग्यो, डा. ठाकुरले भने–शल्यक्रिया आफैमा जटिल थियो । त्यसमाथी ६१ वर्षिय बृद्धलाई १३ घण्टासम्म बेहोश बनाएर राख्नु चुनौतिपुर्ण थियो । तर, टिम वर्क र अनुभवका कारण सफल शल्यक्रिया भयो ।”
    अहिले मजिदको अवस्थामा निकै सुधार आईसकेको छ । प्लास्टिक सर्जरीबाट उनको अपरेशन गरिएको र केही समय पछी थप उपचार र परिक्षणका लागी आउने गरी डिस्र्चाज गरिएको डा. ठाकुरको कथन छ । 
    मृखको क्यान्सरको यस्तो प्रकारको शल्यक्रिया यस अस्पतालमा यस अघि पनि गरिएको उनले बताए । मुखको क्यान्सरको उपचार र शल्यक्रियाको क्रममा हड्डी, नशा, मासुको अवस्थालाई हेरेर गर्नू पर्ने भएकाले उपचार संवेदनशील र जटिल हुन्छ, उनले भने–ढिलो गरेर उपचारका लागी आएपनि रोग पत्ता लागेपछी १३ घण्टा लामो शल्यक्रिया पश्चात मजिदलाई बचाउन सफल भयौं ।”
    उनले मजिदको रोगबारे यस अघि चाँच गरेका चिकित्सकहरुले यकिन गर्न नसक्दा रोग बढ्दै गई जटिल अवस्थामा पुगेको र यसले मजिद संगै परिवारजन समेतलाई आर्थिक, मानसिक र शारिरीक पीडा भोग्नु परेको बताए । 
    दोश्रो चरणमा भने अब मजिदको भक्तपुर क्यान्सर अस्पतालमा दुःखाई र उनको जीवनशैलीमा सुधारबारे उपचार हुने भएको परिवारजनले जनाएको छ । २० दिनको लामो उपचार पछी डिस्र्चाज भई बुधवार घर आइपुगेका मजिदले अब मुख भित्रको घाउ निको भएको र थोरै थोरै गरी खाना खान पनि सहज हुदै गएको बताए । 
    घर फर्किएका श्रीमानलाइ देखाउँदै श्रीमती हकिमा खातुनले  भनिन–“श्रीमानको सहि उपचार भयो । निको हुन लागेको देख्दा धेरै खुशी लागेको छ ।”
    अस्पतालले परिवारको आर्थिक अवस्था कमजोर देखेर शल्यक्रिया, आईसियृु, बेड तथा औषधी खर्चमा समेत विषेश छुट गरी २ लाख रुपैयामात्र लिएको उनले बताइन । उनले सो अस्पताल सम्म पुग्न र उपचार खर्चमा सहुलियत गराउन भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर दुःखाई रोग विषेज्ञ डा.विकास आनन्दले निकै सहयोग गरेको बताए । उपचारको दोश्रो चरणमा अबको एक साता पछी डा.विकास आनन्द कै निगरानीमा क्यान्सर रोगले पु¥याएको क्षती न्युनिकरण र दुखाई सम्बन्धि उपचार सुरु हुने मजिदले बताए । 
    डा.विकास आनन्दले शल्यक्रिया पश्चात मजिद खतरामुक्त अवस्थामा पुगेको बताए । “मजिदको मुखको भित्री भागमा क्यान्सर रोगले पु¥याएको क्षती न्युनिकरण तथा दुःखाई समस्याको पुर्ण समाधानका लागी अब थप उपचार सूरु गर्छाै, डा.विकास आनन्दले भने–यसमा रेडियोथेरापी, सेकाई लगायतका उपचार पद्धती प्रयोग गरिने छ । 
    उनले उक्त उपचार पद्धतीबाट मजिदलाई मुखको क्यान्सर रोग फेरी बल्झिन न दिन तथा उनको खानपीन र जीवन शैलीमा सम्पुर्ण सुधार ल्याउन ठुलो मदत पु¥याउने विश्वास समेत व्यक्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ
सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 
“मिल्क” टि होईन “विष हो विष” के हुन्छ दूध चियाले ? 
१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी 
१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी 
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
अटो दुर्घटनामा चालकका बाबु र नातिनी  तथा मोटरसाइकलको ठक्करबाट बालक घाइते 
अटो दुर्घटनामा चालकका बाबु र नातिनी  तथा मोटरसाइकलको ठक्करबाट बालक घाइते 
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी 
उच्च बारमा एशोसिएशनमा हरेराम र बलराम प्यानलको उम्मेदवारी 
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा