घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी

राजविराज राजविराज
|
मंगलबार, चैत्र २९, २०७८
|
|
६२ पटक हेरिएको
Shares
घटना दर्ता सप्ताहा अन्तरगत प्रभातफेरी

सारांश

  •     प्रभातफेरी कार्यक्रममा राजविराजका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।
  • राजविराज नगरपालाका परिसरबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरेको थियो ।
  • प्रभातफेरी पश्चात् पुनः राजविराज नगरपालिका परिसरमा पुगेको प्रभातफेरी कार्यक्रममा परिणत भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 
    राष्ट्रिय परिचय पत्र तथ पञ्जिकरण विभाग र राजविराज नगरपालिकाद्वारा आयोजित घटना दर्ता सप्ताहा अन्तरगत मंगलबार प्रभातफेरी सम्पन्न भएको छ । 
    प्रभातफेरी कार्यक्रममा राजविराजका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो । राजविराज नगरपालाका परिसरबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरेको थियो । प्रभातफेरी पश्चात् पुनः राजविराज नगरपालिका परिसरमा पुगेको प्रभातफेरी कार्यक्रममा परिणत भएको थियो । 
    राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुख सम्पूर्ण कर्मचारी विपदका कर्मचारी सरसफाईका कर्मचारी हरुको सहभागिता रहेको थियो । 
    राष्ट्रिय परिचय पत्र तथ पञ्जिकरण विभागद्वारा २०७९ वैशाख १ गतेदेखि ७ गतेसम्म घटना दर्ता सप्ताह मनाउने विभागिय निर्देशन अनुरुप उक्त प्रभातफेरीको आयोजना गरीएको थियो । 
    घटना दर्ता सम्ब्न्धी कार्य थप प्राथमिकताका साथ गरिने राजविराज नगरपालिकाको प्रशासकीय अधिकृत यादवले जानकारी दिए । जन्म, मृत्यु, विवाह सम्वन्ध विच्छेद र वसाई सराई जस्ता घटना दर्ता अन्य दिनको तुल्नामा विशेष प्रथमिकताका साथ गरिने उनले बताए । 
    ती घटना दर्ताका साथै सामाजिक सुरक्षा प्राप्त गर्न योग्य लाभग्राहिले समेत आफ्नो निवेदन दर्ता गराउने सकिने उनले जानकारी दिए । घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धी केहि गुनासो भए जानकारी गुनासो दर्ता गर्न समेत सकिने उनको भनाई थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय प्रशासनद्वारा ९३ ठाउँमा आगो ताप्ने व्यवस्था मिलायो
स्थानिय प्रशासनद्वारा ९३ ठाउँमा आगो ताप्ने व्यवस्था मिलायो
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
नेपाली नागरिकता बनाउने १० भारतीय नागरिक पक्राउ
प्रहरीले घरमा खानतलासी गर्न खोज्दा झडप तीन राउण्ड हवाई फायर, तीन प्रहरी घाइते
प्रहरीले घरमा खानतलासी गर्न खोज्दा झडप तीन राउण्ड हवाई फायर, तीन प्रहरी घाइते
जनज्योतीले सार्वजनिक गर्‍यो चार वर्षे व्यवसायीक रणनीतिक योजना
जनज्योतीले सार्वजनिक गर्‍यो चार वर्षे व्यवसायीक रणनीतिक योजना
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
खटाईएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ ः मन्त्री पंडित, राजतन्त्र समाप्त भइसकेकोले सपना नदेख्न सुझाव
काँग्रेसद्वारा बिटौरी जग्गाको समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काँग्रेसद्वारा बिटौरी जग्गाको समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
म्यान्मारको सेनाद्वारा देशलाई सैनिक नियन्त्रणमा लिइएको घोषणा, विपक्षी नेताहरु नजरबन्दमा
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?