भन्सारमा निशुल्क मास्क बितरण 

राजविराज राजविराज
|
बिहिबार, पौष २९, २०७८
|
|
४१ पटक हेरिएको
Shares
भन्सारमा निशुल्क मास्क बितरण 

सारांश

  •     गाउँपालिकाको समन्वयमा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रद्वारा उक्त मास्क बितरण कार्यक्रमको आयोजना गरिएको हो ।
  •       समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाईको मास्क खै ?
  • मास्क वितरण कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीले सर्वसाधारणलाई कोरोना महामारीबाट जोगिन निशुल्क मास्क वितरण गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्हीभन्सार चौकमा बिहिबार मास्क वितरण कार्यक्रमको आयोजना गरिएको छ ।
    गाउँपालिकाको समन्वयमा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रद्वारा उक्त मास्क बितरण कार्यक्रमको आयोजना गरिएको हो । 
    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाईको मास्क खै ? मास्क वितरण कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीले सर्वसाधारणलाई कोरोना महामारीबाट जोगिन निशुल्क मास्क वितरण गरेको हो ।
    गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले कोरोना महामारीबाट जोगाउन गाउँपालिकाबाट सक्दो प्रयास गरिरहेको बताउँदै आगामी तीन दिनभित्र तोपा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गर्न जानकारी समेत दिए । 
    उनले महामारीबाट जोगिन सबैले आ–आफ्नो ठाउँबाट सजगता अपनाउनु पर्नेमा जोड पनि दिए । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले तेस्रो लहरमा एक जनाले पनि ज्यान नगुमाउने गरी तयारी गर्नु आवश्यक रहेको बताए । तेस्रो लहरमा संक्रमित हुने दर अत्यधिक तिव्र गतिमा फैलिरहेको बताउँदै उनले पहिलो र दोस्रो लहरमा गरी सप्तरीले १ सय २१ जनालाई कोरोनाको कारण गुमाएकोमा दुःख प्रकट गरे । 
    कोरोना महामारी रोकथाम तथा नियन्त्रणको क्षेत्रमा तिलाठी कोइलाडी गाउँपालिकाले उदाहरणीय काम गरेको बताउँदै प्रजिअ गौतमले गाउँपालिकाले विगतमा सञ्चालन गरे झैं यस पटक पनि होल्डिङ्ग सेन्टर र आइसोलेशन सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । 
    कोरोना महामारीको सुरुवातदेखि नै तिलाठी कोइलाडी गाउँपालिकाले सिमानाकामा हेल्थ डेस्क स्थापना गरी एन्टीजेन जाँचलाई हालसम्म पनि निरन्तरता दिएकोमा प्रशंसा गर्दै उनले यसलाई निरन्तरता दिनु आवश्यक रहेकोमा जोड दिए । 
    यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले केन्द्रबाट ५० हजार भन्दा बढी मास्कल्याई सर्वसाधारणलाई सचेत गराउँदै वितरण गरिने कार्यक्रम रहेको जानकारी दिए ।
    कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले कोरोना महामारीको तेस्रो लहरलाई ध्यानमा राखी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा अक्सिजन प्लान्ट तथा आईसियु कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए । 
    तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, गाउँपालिकाको वडा नं. ३ सकरपुराका वडा अध्यक्ष मनोज चौधरी, नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीसहितकाले कोरोना महामारीबाट जोगिन मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य रुपमा गरी भौतिक दुरी कायम गर्न सर्वसाधारणलाई सुझाव दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियार बिरुद्ध जसपाको प्रदर्शन
अख्तियार बिरुद्ध जसपाको प्रदर्शन
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी
नीजि विद्यालयहरुले बढाएको शुल्क विरुद्ध उच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
लोकतान्त्रिक–बाम गठबन्धनले  ग¥यो शक्ति प्रदर्शन
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
दुर्घटनामा परेका युवक  घरमा मृत फेला 
“रुपनी बजार” को जग्गा विवाद ५० बर्ष देखि बल्झिदै,  २५ जनाले पाए जग्गाधनी पूर्जा, १ सय ७६ जना अझै पर्खाइमा
“रुपनी बजार” को जग्गा विवाद ५० बर्ष देखि बल्झिदै,  २५ जनाले पाए जग्गाधनी पूर्जा, १ सय ७६ जना अझै पर्खाइमा
कंचन यादव मृत्यु प्रकरण, सिआईबीबाट घटनाको छानबिन गर्न पीडित परिवारको माग
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु 
खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु 
जनमतका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीको दाँत भाच्यो, जनमतका पाँच जना घाइते
जनमतका कार्यकर्तालाई रोक्न खोज्दा प्रहरीको दाँत भाच्यो, जनमतका पाँच जना घाइते