दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
राजविराज उच्च अदालत बार एशोसिएशनको निर्वाचनका लागि तीन जनाको अध्यक्षमा उम्मेदवारी परेको छ ।
भदौ २७ गते हुने बारको निर्वाचनका लागि अध्यक्ष पदमा अधिवक्ता नविन सिंह, अधिवक्ता बलराम सिंह र अधिवक्ता देवबहादुर कटुवालले सोमबार छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।
अधिवक्ताद्वय नविन सिंह र बलराम सिंहले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने अधिवक्ता देवराज कटुवालले एकल उम्मेदवारी दिएका छन् ।
नविन सिंहको प्यानलबाट उपाध्यक्षमा उमाशंकर देव, सचिवमा रामकुमार यादव, सहसचिवमा सुनिता कुमारी दास र कोषाध्यक्षमा उपेन्द्र यादवको उम्मेदवारी परेको छ भने सदस्यहरुमा सुरेन्द्र प्रसाद यादव, प्रकाश कुमार यादव, डा. शिवनरायण यादव, विपि कोइराला, सन्जिव कुमार यादव, दिलिप यादव, मिथिलेशचन्द्र लाभ र दिनेश कुमार सिंहको उम्मेदवारी परेको छ ।
त्यसैगरि सोही प्यानलबाट पार्षदमा गुन्जेश्वर प्रसाद यादव, डा. देवनारायण यादव, बरिष्ठ अधिवक्ता नारायण प्रसाद साह, अशोक कुमार झा, नित्यदेव प्रसाद यादव, गिरेन्द्र प्रसाद यादव, बलबिर चौधरी, सुधा देव र डा. सन्तोष कुमार चमनको उम्मेदवारी परेको निर्वाचन अधिकृत दोरिकलाल चौधरीले जानकारी दिएका छन् ।
यसैगरि बलराम सिंहको प्यानलबाट उपाध्यक्षमा बिनोद पाण्डेय, सचिवमा पार्वती कुमारी जोशी थारु, सहसचिवमा अस्मिता थापा र कोषाध्यक्षमा भोगिलाल यादवको उम्मेदवारी परेको छ भने सदस्यहरुमा राम प्रसाद यादव, सतिश कुमार दत्त, बालकृष्ण कार्की, भागवत यादव, रामनारायण चौधरी, सन्तोष कुमार चौधरी, राजकुमार साह र चन्द्रकान्त यादवको उम्मेदवारी परेको छ ।
त्यसैगरि सोही प्यानलबाट पार्षदमा श्यामकुमार पोखरेल, डा. हेमकुमार मिश्र, श्यामकान्त चौधरी, मनोज देव, बालाकृष्ण ढुङ्गाना, कौशलकिशोर दत्त, सत्यनारायण साह र अजयकुमार चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत चौधरीले जानकारी दिए ।
आगामी दुई वर्षको कार्यकालका लागि हुने निर्वाचनका लागि उम्मेदवारहरुको नाम फिर्ता लिने समय भदौ १७ गतेसम्म रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया