दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४ को अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदरद्वय धिरेन्द्रकुमार साह र देवेन्द्रप्रसाद यादव विजयी भएका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा वडा नं १ को अध्यक्षमा धिरेन्द्रकुमार साहले ६ सय ५२ मत प्राप्त गरि बिजयी भएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले ५ सय ८७ मत प्राप्त गरिन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले २ सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले १ सय ६५, जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले २ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै वडा नं. ४ को अध्यक्षमा देवेन्द्रप्रसाद यादवले ३ सय ७२ मत प्राप्त गरि बिजयी भएका छन् । यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगिन्द्र राय अमातले २ सय ७७ मत प्राप्त गरेका छन् । यस्ते जनमत पार्टीका उदय नारायण पण्डितले २ सय ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सञ्जयकुमार यादवले ६८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भागवत रामले ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार यादवले ६ र नागरिक उन्मुक्ति पार्टीका शिवकुमार रामले ३ र जनता समाजवादी पार्टीका रविन्द्र रायले ३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
डाक्नेश्वरीको दुबै वडामा जसपा नेपालका साह र यादव विजयी
सारांश
- आइतबार सम्पन्न उपनिर्वाचनमा वडा नं १ को अध्यक्षमा धिरेन्द्रकुमार साहले ६ सय ५२ मत प्राप्त गरि बिजयी भएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
- साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुलियादेवी थरुनीले ५ सय ८७ मत प्राप्त गरिन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भगबानी साहले २ सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिशकुमार चौधरीले १ सय ६५, जनमत पार्टीका शैलेन्द्रकुमार साह (तेली)ले ७४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमोदकुमार सन्तले २९, नागरिक उन्मुक्ति पार्टीका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले २ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
- यस्तै वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया