दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
तराई मधेशवासीले लोक आस्थाको पर्व छठ धुमधाम साथ मनाउन उत्साहपूवर्क जुटेका छन् ।
दशैं तिहार समाप्तिसँगै अहिले उनीहरु विभिन्न ताल, तलाउ र जलासयलाई सफागरि पूजाघाट तयार गर्ने काममा स्थानिय ब्यस्त भएका छन् ।
जिल्लाको सप्तकोशी नदीका साथै सदरमुकाम राजविराजस्थित कल्टु, पूर्णी, तुरन्ती, शिव, भगवतीलगायतका पोखरी सरसफाई र घाट बनाउने काम तिब्र रुपमा अघि बढेको छ ।
छठ मनाउने भक्तजनका साथै विगत एक सातादेखी राजविराज नगरपालिकाका सफाइकर्मी, नगरका जलाशयहरुमा खटिएका छन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्ज प्रसाद यादवको अगुवाईमा नगरपालिका भित्रका जलासय सरसफाईमा एउटा टोली नै परिचालित भएका छन् । कतिपय जलाशय सफाईमा सेना र प्रहरीले पनि सघाएका छन् ।
सूर्यको आराधान गरि मनाइने छठ पर्व अन्तरगत यसपल्ट शुक्रबारबाट नहाई खाय बिधिबाट शुरु हुने पण्डित दुर्गानन्द मिश्रको भनाई छ । दोश्रो दिन शनिबार खरना, तेश्रो दिन आइतबार साँझ सन्ध्याकालिन अर्घ तथा चौथो दिन सोमबार बिहान सम्पूर्ण पूजन सामाग्रिसहित उदाउँदो सूर्यलाई अर्घ दिने पण्डित मिश्र बताउँछन् ।
यता छठ पर्व मनाउन स्थानियवासी आवश्यक सामाग्रि किन्न हटिया बजारतर्फ भिड लागेका छन् । यहाँका गाउँ, ग्रामिण हाटदेखी सहरमा छठको चहलपहल बढेको छ । बजारमा छठको सामान किन्नेको घुँइचो देखिएको छ । विगत भन्दा यस वर्ष बजार भाऊ निकै बढेको स्थानिय भक्तजनको गुनासो पनि रहेको छ ।
यता छठ पर्व मनाउने जलाशय र पूजा घाटहरुमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि विशेष सूरक्षा तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डिएसपी नरेश सिंहले बताए । जिल्लावासीलाई ढुक्क भएर छठ पर्व मनाउन विशेष सुरक्षा तयारी गरिएको छचस् । भिड ब्यवस्थित र सर्वसाधारणको शान्ति सुरक्षाका लागि ठूलो संख्यामा सादा पोशाकका प्रहरी समेत परिचालन हुने उनले बताए ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने यो पर्व मनाउनेको संख्या प्रत्येक वर्ष बृद्धि भइरहेको छ ।
छठ पर्वको धुमधाम साथ तयारी
सारांश
- दशैं तिहार समाप्तिसँगै अहिले उनीहरु विभिन्न ताल, तलाउ र जलासयलाई सफागरि पूजाघाट तयार गर्ने काममा स्थानिय ब्यस्त भएका छन् ।
- जिल्लाको सप्तकोशी नदीका साथै सदरमुकाम राजविराजस्थित कल्टु, पूर्णी, तुरन्ती, शिव, भगवतीलगायतका पोखरी सरसफाई र घाट बनाउने काम तिब्र रुपमा अघि बढेको छ ।
- छठ मनाउने भक्तजनका साथै विगत एक सातादेखी राजविराज नगरपालिकाका सफाइकर्मी, नगरका जलाशयहरुमा खटिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया