‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि अघि नबढ्ने, केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरे ः मन्त्री महतो

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
१८२ पटक हेरिएको
Shares
‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि अघि नबढ्ने, केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरे ः मन्त्री महतो

सारांश

  • नेपाल पत्रकार महासंघसहित सञ्चारसम्बद्ध संघ–संस्थाले विरोध जनाएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।
  • नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोलाई ज्ञापनपत्र बुझाउँदै पर्याप्त परामर्श र सरोकारवालासँग छलफल नगरी विधेयक अघि नबढाउन आग्रह गरेको थियो ।
  • ज्ञापनपत्र बुझ्दै मन्त्री महतोले सरकारलाई केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरिएको उल्लेख गर्दै प्रस्तावित विधेयक तत्काल अघि नबढाउने र हालको प्रक्रिया रोकिएको जानकारी दिए ।
दैनिक समाचारदाता
जनकपुर, ११ साउन । 
सञ्चार क्षेत्रसँग पर्याप्त छलफल नगरी मधेश प्रदेश सरकारले ल्याउन लागेको ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि अघि नबढाउने भएको छ ।
नेपाल पत्रकार महासंघसहित सञ्चारसम्बद्ध संघ–संस्थाले विरोध जनाएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।
नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोलाई ज्ञापनपत्र बुझाउँदै पर्याप्त परामर्श र सरोकारवालासँग छलफल नगरी विधेयक अघि नबढाउन आग्रह गरेको थियो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री महतोले सरकारलाई केही पक्षबाट गलत ढंगले ‘ब्रीफिङ’ गरिएको उल्लेख गर्दै प्रस्तावित विधेयक तत्काल अघि नबढाउने र हालको प्रक्रिया रोकिएको जानकारी दिए । उनले सञ्चार क्षेत्रका सरोकारवालासँग आवश्यक छलफल र सुझाव लिएर मात्र आगामी प्रक्रिया अघि बढाइने संकेत पनि दिए ।
पत्रकार महासंघले सञ्चारजस्तो संवेदनशील क्षेत्रसँग सम्बन्धित कानुन बनाउँदा पत्रकार महासंघ, सञ्चार विज्ञ तथा सरोकारवालासँग व्यापक छलफल आवश्यक रहेको भन्दै सरकारले एकपक्षीय ढंगले विधेयक अघि बढाउन खोजेकोमा आपत्ति जनाएको थियो ।
ज्ञापनपत्र बुझाउने टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजु विश्वकर्मा, मधेश प्रदेश समितिका सल्लाहकार अबधेश कुमार झा, सचिव हदिस खुद्दार तथा पत्रकार अजित तिवारी, आतिश मिश्र, अजय साह, बटुकनाथ झा, शिव अधिकारी, घनश्याम मिश्र, मनोजकुमार मोरबैता लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
गत साउन ७ गते नेपाल प्रेसले ‘स्वायत्त सञ्चार संस्था गाभ्ने मधेश सरकारको तयारी, परामर्शबिनै अघि बढ्यो विधेयक’ शीर्षकमा समाचार प्रकाशित गरेपछि सञ्चारकर्मी तथा विभिन्न सञ्चारसम्बद्ध संघ–संस्थाले उक्त प्रस्तावित विधेयकको विरोध गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
आन्दोलनका कारण स्थानीय तहको कामकाज ठप्प
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव
सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव
तीनै तहको सरकारबाट जनताले खुशीको अनुभुती पाएनन् ः मन्त्रि यादव
तीनै तहको सरकारबाट जनताले खुशीको अनुभुती पाएनन् ः मन्त्रि यादव
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु
मोबाइल चार्ज गर्ने क्रममा एकको मृत्यु
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
बैठक खर्च विपन्न महिलाको उपचारमा सहयोग
बैठक खर्च विपन्न महिलाको उपचारमा सहयोग
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
क्षेत्र नं. ३ मा द्विपक्षीय प्रतिस्पर्धा हुने अनुमान 
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस

छुटाउनुभयो कि ?

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

उच्च शिक्षामा पहुँचका लागि स्वजाति माझ चेतना जगाउनमा जोड

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि

सप्तरीका दुई शक्तिपीठमा पुष्पवृष्टि