दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा जन्मदर्ता गर्न छुटेकाहरुको लगत संकलन गरी जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने भएको छ ।
सो सम्बन्धमा मंगलबार पालिकाको कार्यालयमा जन्मदर्ता तथा घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
युनिसेफको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाले बाल संरक्षण कार्यक्रम अन्तर्गत उक्त अभियान संचालन गर्न लागेको हो ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सो अभिमुखीकरण कार्यक्रम प्रथम चरणमा तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा स्वयम्सेवक मार्फत जन्मदर्ता गर्न छुटेकाहरुको लगत संकलन गरिने बाल संरक्षण कार्यक्रमका सम्पर्क ब्यक्ति किशोर कुमार झाले बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाको ८ वटै वडाका दर्ता किताबमा १५ हजार ७ सय ९ जनाको जन्मदर्ता कायम रहेको छ । पहिलो चरणमा तीनवटै वडामा स्वयम्सेवकमार्फत लगत संकलन गरिने र त्यसपछि जन्म दर्ता गराइने कार्यक्रम रहेको सम्पर्क ब्यक्ति झाले जनाकारी दिए ।
स्वयम्सेवकहरुमार्फत ब्यक्तिगत घटना दर्ता सम्बन्धी कानुनी ब्यवस्था सहितको पोष्टर पम्पलेट वितरण र माइकिङ्ग समेत गरिने कार्यक्रम रहेको सो अभिमुखीकरण कार्यक्रममा जानकारी गराइयो ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवले जन्म तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धी कानुनी प्रावधानका बारेमा प्रस्तुतीकरण गरे । युनिसेफकी सुष्मा भट्टले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराउँदै दोस्रो चरणमा बाँकी रहेका वडाहरुलाई समेत समेटिने बताए ।
तिलाठीमा जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने
सारांश
- सो सम्बन्धमा मंगलबार पालिकाको कार्यालयमा जन्मदर्ता तथा घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
- युनिसेफको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाले बाल संरक्षण कार्यक्रम अन्तर्गत उक्त अभियान संचालन गर्न लागेको हो ।
- तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सो अभिमुखीकरण कार्यक्रम प्रथम चरणमा तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया