दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
महाशिवरात्री पर्वलाई व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गराउनका लागि सोमबार राजविराजमा महाशिवरात्री पुजा समिति गठन गरिएको छ ।
राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा सम्पन्न भेलाले गोबिन्द काबराको संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन गरिएको हो ।
सो समितिको सदस्यहरुमा शिवनारायण साह, घनश्याम बजाज, भोलारमण उप्रेती, जवाहर यादव, रामप्रित मण्डल, विष्णु यादव, सुरेन्द्र यादव, प्रमोद काबरा, कृष्णहरी भट्टराई र प्रमोद चौधरी रहेका छन् ।
यसैगरि सल्लाहकारहरुमा राजविराज नगरपालिका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, वडा नं. ७ का अध्यक्ष मांगिलाल नाई, पूर्व नगर प्रमुख शैलेश चौधरी, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, भिमराज यादव, शत्रुघन स्वर्णकार र बिजय कुमार कर्ण रहेका छन् ।
यसपल्ट हिन्दुहरुको महान पर्व महाशिवरात्री फागुन २० गतेको दिन परेको छ ।
महाशिवरात्रीका लागि काबराको संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
सारांश
- राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा सम्पन्न भेलाले गोबिन्द काबराको संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन गरिएको हो ।
- सो समितिको सदस्यहरुमा शिवनारायण साह, घनश्याम बजाज, भोलारमण उप्रेती, जवाहर यादव, रामप्रित मण्डल, विष्णु यादव, सुरेन्द्र यादव, प्रमोद काबरा, कृष्णहरी भट्टराई र प्रमोद चौधरी रहेका छन् ।
- यसैगरि सल्लाहकारहरुमा राजविराज नगरपालिका प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया