एमाले नेतृ झा र आदिवासी जनजातिका  अध्यक्ष प्रधान जसपामा प्रवेश

राजविराज राजविराज
|
बुधबार, चैत्र ९, २०७८
|
|
३० पटक हेरिएको
Shares
एमाले नेतृ झा र आदिवासी जनजातिका  अध्यक्ष प्रधान जसपामा प्रवेश

सारांश

  •     एमालेबाट संविधान सभा सदस्य समेत बनेकी झा र नेपाली काँग्रेस सप्तरीका क्षेत्रिय प्रतिनिधी रहेका प्रधानसहित एक सय १२ जना विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।
  •      उद्योग बाणिज्य संघ सप्तरीका निवर्तमान अध्यक्ष समेत रहेका प्रधान केही दिन अघि मात्र आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष चयन भएका हुन् ।
  •       बुधवार राजविराज स्थित जिल्ला समन्वय समितीको सभाकक्षमा जसपा सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव एवं संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले उनीहरुलाई अबिर माला लगाएर पार्टीमा स्वागत गरे ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
    नेकपा एमालेकी महिला नेतृ रन्जु झा र आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान जसपामा प्रवेश गरेका छन् । 
    एमालेबाट संविधान सभा सदस्य समेत बनेकी झा र नेपाली काँग्रेस सप्तरीका क्षेत्रिय प्रतिनिधी रहेका प्रधानसहित एक सय १२ जना विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।     उद्योग बाणिज्य संघ सप्तरीका निवर्तमान अध्यक्ष समेत रहेका प्रधान केही दिन अघि मात्र आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष चयन भएका हुन् । 
    बुधवार राजविराज स्थित जिल्ला समन्वय समितीको सभाकक्षमा जसपा सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव एवं संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले उनीहरुलाई अबिर माला लगाएर पार्टीमा स्वागत गरे । 
    जसपा अध्यक्ष यादवले प्रवेश गर्नेको हिमाल, पडाड र तराईमा लहर नै चलेको दाबी गर्दै अलमलमा रहेकाहरुलाई पनि पार्टीमा आउन आह्वान गरे । उनले नव प्रवेशीहरुलाई कुनै भेदभाव नगरिने र योग्यता तथा क्षमताको आधारमा उचित जिम्मेवारी दिईने प्रतिबद्धता समेत जनाए ।
    जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, मधेश प्रदेशका समाजिक विकास मन्त्री नवल किशोर साह, अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सभासदस्य मनिष सुमन, जसपाका प्रदेश सचिव युसुफ अलि, रुपनी गाउँपालिकाका प्रमुख एवं पार्टीका जिल्ला सचिव हरेराम यादव, प्रेस मंचका महासचिव अवधेश झा, युवा नेता शैलेन्द्र मोहन झा लगायतले पनि नव प्रवेशीहरुलाई स्वागत गर्दै शुभकाना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
मुटु रोगको निःशुल्क उपचार शिविरमा  दुई सय भन्दा बढीले पाए उपचार 
मुटु रोगको निःशुल्क उपचार शिविरमा  दुई सय भन्दा बढीले पाए उपचार 
युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  
युरिया मलको कालोबजारी गरेको  आरोपमा किराना पसल संचालक पक्राउ  
नेपाल सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न, सात सदस्यी संचालक समिति गठन
बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
बजेटमा हरवा चरवाको समस्यालाई प्राथमिकतामा राख्न माग
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
सडक निर्माणको माग गर्दै सडक जाम
सडक निर्माणको माग गर्दै सडक जाम
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
पूर्वराजपा सप्तरीका नेता कार्यकर्ताको  भेलाबाट संगठन ब्यबस्थापनमा जोड
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
वेवारिसे बिरामीको आफन्त खोज्दै प्रहरी
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार