चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण

राजविराज राजविराज
|
सोमबार, आषाढ २७, २०७९
|
|
२८ पटक हेरिएको
Shares
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण

सारांश

  •     राजविराज २ स्थित चित्रगुप्त मन्दिर प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिदै पदभार ग्रहण गरेका हुन् ।
  •     कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त नर्सिङलाल कर्णले नवनिर्वाचित अध्यक्ष विमल कुमार कर्णलाई सपथ गराउँदै पदभार गराएका थिए भने अन्य पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्षले सपथ तथा पदभार ग्रहण गराएका थिए ।
  •     चित्रगुप्ता सेवा समितिका अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य मनिष कुमार सुमनको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर २ का अध्यक्ष अरुण कुमार यादव, हलुवाई समाज सप्तरीका अध्यक्ष चन्देश्वर प्रसाद साह, उद्योग बाणिज्य संघ सप्तरीका कोषाध्यक्ष प्रमोद काबारा, ब्राह्मण सेवा समाजका विवेकानन्द मिश्रा, सेफ द सप्तरीका अध्यक्ष ध्रुव देव, नवनिर्वाचित अध्यक्ष विमल कुमार कर्ण लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २६ असार । 
    चित्रगुप्ता सेवा समिति राजविराजका नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिदै पदभार ग्रहण गरेका छन् । 
    राजविराज २ स्थित चित्रगुप्त मन्दिर प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीहरुले सपथ लिदै पदभार ग्रहण गरेका हुन् ।
    कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त नर्सिङलाल कर्णले नवनिर्वाचित अध्यक्ष विमल कुमार कर्णलाई सपथ गराउँदै पदभार गराएका थिए भने अन्य पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्षले सपथ तथा पदभार ग्रहण गराएका थिए ।
    चित्रगुप्ता सेवा समितिका अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य मनिष कुमार सुमनको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर २ का अध्यक्ष अरुण कुमार यादव, हलुवाई समाज सप्तरीका अध्यक्ष चन्देश्वर प्रसाद साह, उद्योग बाणिज्य संघ सप्तरीका कोषाध्यक्ष प्रमोद काबारा, ब्राह्मण सेवा समाजका विवेकानन्द मिश्रा, सेफ द सप्तरीका अध्यक्ष ध्रुव देव, नवनिर्वाचित अध्यक्ष विमल कुमार कर्ण लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
    चित्रगुप्ता सेवा समितिका महासचिव रन्धिर कुमार कर्णद्वारा संचालित कार्यक्रममा स्वागत निवर्तमान उपाध्यक्ष हरिमोहनलाल कर्णले गरे । 
    गत असार ४ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा विमल कुमार कर्ण, उपाध्यक्षमा रमेश मल्लिक, महासचिवमा रन्धिर कुमार कर्ण, सचिवमा सुरेन्द्र कुमार कर्ण, कोषाध्यक्षमा राजेश कुमार कर्ण निर्वाचित भएका थिए । यसैगरी सदस्यहरुमा राजिव कुमार कर्ण, दिलिप कुमार दास, राजिव कुमार कर्ण (पंकज), रिता कुमारी मल्लिक, महेश चन्द्र दास, विप्लव आनन्द निर्वाचित भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?