सफाई नभएको भन्दै नगरपालिकाको  मुल गेटमै फोहर थुपारिए

राजविराज राजविराज
|
मंगलबार, पौष १५, २०७६
|
|
२५ पटक हेरिएको
Shares
सफाई नभएको भन्दै नगरपालिकाको  मुल गेटमै फोहर थुपारिए

सारांश

  •     आक्रोशित विभिन्न संघ संस्था अवद्घ युवा तथा स्थानियले मंगलबार नगरपालिका कार्यालयको मुल गेटमै विरोध रुवरुप फोहोर थुपारेका हुन् ।
  •       ग्रिन नेपाल, सप्तरी युथ, सेफ चाईल्ड नामक संस्था र स्थानिय बासीन्दाको अगुवाईमा बजार क्षेत्रमा रहेका फोहोर ठेलामा राखेर नगरपालिकाको मुल गेटमै थुपारेर नाराबाजी समेत गरे ।
  •       ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले बजार क्षेत्रमा रहेका फोहोरले नगर दुर्गन्धित र आवत जावतमा समेत समस्या भएको तथा नगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्न चासो नदेखाएकोले बाध्य भई नगरको फोहोर नगरपालिकामै थन्काउनु परेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १५ पुस । 
    राजविराज बजार क्षेत्रमा दुई दिनदेखि फोहोर उठन नसकेकोले बजार फोहर तथा दुर्घन्धित भएको भन्दै मंगलबार यूवाहरुले सोही फोहर उठाएर राजविराज नगरपालिकाको मूल गेटमा थुपारेका छन् । 
    आक्रोशित विभिन्न संघ संस्था अवद्घ युवा तथा स्थानियले मंगलबार नगरपालिका कार्यालयको मुल गेटमै विरोध रुवरुप फोहोर थुपारेका हुन् । 
    ग्रिन नेपाल, सप्तरी युथ, सेफ चाईल्ड नामक संस्था र स्थानिय बासीन्दाको अगुवाईमा बजार क्षेत्रमा रहेका फोहोर ठेलामा राखेर नगरपालिकाको मुल गेटमै थुपारेर नाराबाजी समेत गरे । 
    ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले बजार क्षेत्रमा रहेका फोहोरले नगर दुर्गन्धित र आवत जावतमा समेत समस्या भएको तथा नगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्न चासो नदेखाएकोले बाध्य भई नगरको फोहोर नगरपालिकामै थन्काउनु परेको बताए । 
    जिल्लामा भ्रमण वर्ष २०२० को तयारी तिब्र बनाई रहँदा नगरपालिकाले भने सरसफाईमा ध्यान नदिएकाले सांकेतिक विरोध स्वरुप केही फोहोर राखिएको र अव पनि नगरपालिकाले सरसफाईमा ध्यान नदिए सो कार्य अझ तिब्र बनाउने उनले चेतावनी दिए । 
    नगरपालिका कार्यालयको मुल गेटमै थुपारिएको फोहोर भने प्रदर्शनकारी युवाहरु फर्किएपछि नगरपालिकाका सरसफाई कर्मीले हटाएका थिए । नगर प्रमुख शम्भु प्रसाद यादवले केही सरसफाईकर्मी बिदामा बस्दा समस्या भएको र बुधबारदेखि नै सरसफाई कार्यलाई निरन्तरता दिने जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै दिन तीन संरचनाको शिलान्यास
एकै दिन तीन संरचनाको शिलान्यास
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
चार बुँदे माग राख्दै हरवा चरवाले  प्रर्दशन गर्दै बुझाए ज्ञापनपत्र 
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
प्रतिनिधिसभातर्फ समानुपातिकमा जनमत र जसपाको ५÷५ सीट, मधेशमा जनमत र जसपाको ७÷७ सीट
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू 
राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू 
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
पूर्व युवराज पारसलाई सप्तरीमा स्वागत र अभिनन्दन
पूर्व युवराज पारसलाई सप्तरीमा स्वागत र अभिनन्दन
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा