चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, आश्विन १०, २०७९
|
|
२४ पटक हेरिएको
Shares
चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन

सारांश

  •     चोरी पीडित संघर्ष समीति राजविराजको अगुवाईमा स्थानीय शिवमन्दिरबाट नारावाजिका साथ नगरपरिक्रमा गर्दै प्रर्दशन गरेका हुन ।
  •       प्रर्दशनमा सहभागीहरुले शान्तिसुरक्षाको प्रत्याभुती, दिनहु हुने चोरीका घटना नियन्त्रण, अपराधी पत्ता लगाई कडा कारवाही लगायतका नाराबाजी गर्दै नगरक्षेत्रको परिक्रमा गरेका थिए ।
  •       दुई महिना यता लगातार झण्डै तीन दर्जन भन्दा बढी चोरीका घट्ना भएपछी स्थानीय शान्तिसुरक्षा र प्रहरी सक्रियता संगै रात्री गस्ती र निगरानी बढाउनु पर्ने माग गर्दै सडक प्रर्दशनमा उत्रेका हुन ।

दैनिक समाचारदाता
राजविराज, १० असोज । 

    सप्तरी सदरमुकाम राजविराजमा पछिल्लो पटक चोरीका घटनाहरु बढ्दै गएपछि सुरक्षाको माग गर्दै स्थानियहरुले सोमबार प्रदर्शन गरेका छन् । 
    चोरी पीडित संघर्ष समीति राजविराजको अगुवाईमा स्थानीय शिवमन्दिरबाट नारावाजिका साथ नगरपरिक्रमा गर्दै प्रर्दशन गरेका हुन । 
    प्रर्दशनमा सहभागीहरुले शान्तिसुरक्षाको प्रत्याभुती, दिनहु हुने चोरीका घटना नियन्त्रण, अपराधी पत्ता लगाई कडा कारवाही लगायतका नाराबाजी गर्दै नगरक्षेत्रको परिक्रमा गरेका थिए । 
    दुई महिना यता लगातार झण्डै तीन दर्जन भन्दा बढी चोरीका घट्ना भएपछी स्थानीय शान्तिसुरक्षा र प्रहरी सक्रियता संगै रात्री गस्ती र निगरानी बढाउनु पर्ने माग गर्दै सडक प्रर्दशनमा उत्रेका हुन । 
    सडक किनार र घर अगाडी राखिएका साइकल र मोटरसाईकल मात्र होइन, पसलको सटर र घरको झ्याल ढोका समेत फोडेर लाखौको धनमाल चोरी हुने क्रम बढेकाले र यस्ता अपराधिक घटना रोक्न स्थानीय प्रशासनलाई दवाव स्वरुप प्रर्दशन गरिएको संघर्ष समितीकी संयोजक सुनिता साहले बताईन । 
    प्रर्दशनमा सहभागी युवा अभियन्ता पार्थो सरकार, खेलानन्द दास लगायतले पनि जिल्लामा केही दिन यता चोरीको घटना ह्वातै बढेको भन्दै प्रहरीले सक्रियता र निगरानी नबढाए आन्दोलन चर्काउने चेतावनी दिए । 
    यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले हालै नगरका विभिन्न स्थानमा भएका चोरी घट्नाका अधिकाँश अपराधीहरुलाई पक्राउ गरिसकेको दाबी गरेका छन् । उनले आधा दर्जन भन्दा बढी चोरहरुलाई पक्राउ गरेर अनुसन्धान थालेका बताए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
बालिका तथा समावेश शिक्षा कार्यदल गठन
बालिका तथा समावेश शिक्षा कार्यदल गठन
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
बन्द रहेको अस्पतालको  समानहरू चोरी हुँदै
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
बढ्यो चिसो, जनजीवन प्रभावित
बढ्यो चिसो, जनजीवन प्रभावित
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
दुई चरणमा सप्तरीका जेष्ठ नागरिकलाई कोभिड १९ बिरुद्धको खोप  
दुई चरणमा सप्तरीका जेष्ठ नागरिकलाई कोभिड १९ बिरुद्धको खोप  
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर