कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”

राजविराज राजविराज
|
शुक्रबार, पौष ६, २०८०
|
|
२६ पटक हेरिएको
Shares
कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत डा. सीके राउतले लेख्छन् ः  “रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त”

सारांश

  •     जनमत पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य डा.
  • राउतले प्रतिष्ठानबारे कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत सो कुराको खुलासा गरेका हुन् ।
  •       प्रतिष्ठान निर्माण प्रक्रिया बारे भ्रम फैलाइएको आरोप लगाउँदै उनले सामाजिक संजालमा लेखेका छन्, “प्रतिष्ठान निर्माणमा समय किन लाग्दैछ भने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठनादेशको म्याद २५ महिना मात्रै थियो र २०७८ सालमै समाप्त भइ सकेको थियो ।

नवीनकुमार गुप्ता
राजविराज, ६ पुस । 

    सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सीके राउतले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त भएको खुलासा गरेका छन् ।  
    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य डा. राउतले प्रतिष्ठानबारे कोही भ्रममा नपरोस् भन्दै सामाजिक संजालमार्फत सो कुराको खुलासा गरेका हुन् । 
    प्रतिष्ठान निर्माण प्रक्रिया बारे भ्रम फैलाइएको आरोप लगाउँदै उनले सामाजिक संजालमा लेखेका छन्, “प्रतिष्ठान निर्माणमा समय किन लाग्दैछ भने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठनादेशको म्याद २५ महिना मात्रै थियो र २०७८ सालमै समाप्त भइ सकेको थियो । अर्थात् म निर्वाचित हुनु एक÷डेढ वर्ष अगाडि नै यो परियोजना बन्द भइसकेको थियो किनकी कसैले यसलाई नवीकरण गर्ने पहल गरेनन् ।” 
“रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०८०” लेखाई पुनः प्रक्रिया सुरु 
    सांसद डा. राउतले प्रतिष्ठान सम्बन्धी सबै प्रक्रिया अहिले ’जिरो’ बाट शुरू गर्नु परेको जनाउँदै नयाँ गठनादेश लेखाएर कानून मन्त्रालयबाट पास गरि त्यसलाई अर्थ मन्त्रालयबाट पास गर्दै, मन्त्री परिषद्मा लग्नु परेको उल्लेख गरेका छन् । उनले आफ्नो पहलमा दशैं अगाडि नै नयाँ गठनादेश ’रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०८०’ लेखाउन लगाएर कानून मन्त्रालयमा पठाउन लगाइसकेको जिकिर गरेका छन् । 
    डा. राउतले अगाडी लेखेका छन्, “पछिल्लो २÷३ महिनादेखि दिनहुँ मन्त्रालयमा हाम्रा सहयोगी यो काम गराउन लागि परेका छन्, आफैंले फाइल यो मन्त्रालयबाट त्यो मन्त्रालय पु¥याउँदा पु¥याउँदै पनि यति समय लाग्यो । यसमा प्रधानमन्त्रीज्यूको पनि दोष देख्दिन, उहाँले मेरै अगाडि कामको स्टेप–स्टेपमा मन्त्रीज्यूहरूलाई ४÷४ पटक फोन गरेर काम बढाउन दबाब दिनु भएकै हो, उहाँलाई पनि धन्यवाद छ ।”
    सामाजिक संजालमै उनले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आ.व. २०७६÷७७ मा ४० करोड बजेट निकासा गरिएपनि उक्त बजेट फ्रिज भएको उल्लेख गरेका छन् । त्यस्तै आ.व. २०७७÷७८ मा ११ करोड बजेट खर्च गर्न नसकेपछि ४ करोड गजेन्द्र नारायण सिंह अस्पतालमा र ६ करोड ५० लाख रकमान्तर गरी अन्यत्र हालिएको तथा आ.व. २०७८÷७९ मा बजेट नरहेको (समितिको म्याद सकेर परियोजना बन्द भइसकेको) जानकारी दिएका छन् । 
    अन्तमा उनले लेखेका छन्, “यो योजना सप्तरीकै गौरवको योजना हो । हामी यसप्रति सजग मात्रै होइन, यस कामलाई पूरा गराउन दिनरात लागि परेका छौ ं।”
    यता जिल्लाकै बहुप्रतिष्ठित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दैै विगत ७० दिनदेखि स्थानीयहरुले रिले अनशनलाई निरन्तरता दिइरहेका छन् । 
    शिलान्यास भएको २५ महिना वितिसक्दा पनि सुरु हुन नसकेको प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउनु पर्ने, प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरुमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नु पर्ने, प्रतिष्ठान निर्माणका लागी आवश्यक बजेटको व्यवस्थापन गर्नु पर्ने लगायतका ५ बुँदे मागँ अघि सार्दै गत असोज २६ देखी रिले अनशन सुरु भएको होे ।
    स्थानीयहरुको सोही आन्दोलनलाई समर्थन गर्दै सप्तरी युथ नेपालले तीन चरणको आन्दोलनको घोषणा गरेका थिए । जसअन्तरगत राजविराजमा दबाबमूलक ¥याली, विभिन्न सभा तथा हस्ताक्षर अभियान गरेका थिए । हस्ताक्षर अभियान अन्तरगत १० हजार व्यक्तिले गरेको हस्ताक्षर संकलन गरि युथ नेपालको एक टोली काठमाडौं पुगि प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन । 
    एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?