दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
सप्तरीको रुपनी गाउँपालिका १ मा बिहीबार राती आगलागी हुँदा एक जना जलेर घाईते भएका छन भने लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
बिहीबार राति १० बजेतिर स्थानिय ललित यादवको घरमा जडान भएको विद्युत मिटरको तार सर्ट भई आगलागी हुँदा निभाउने क्रममा स्थानिय श्याम सुन्दर यादव जलेर घाईते भएका छन् । आगलागिबाट उक्त टोलका यादवसहित ६ जनाको घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा घाइते भएका २८ बर्षीय यादवको सोही पालिकास्थित मधेश प्रदेश प्रहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिए ।
आगलागीबाट स्थानिय ललित यादवको बाँसको टाटीको बेरा र टिनको छानो भएको दुइवटा घर, एक तोला सुन, १० तोला चाँदी, नगद ५० हजार रुपैयाँ, अन्नपात, लत्ताकपडा, भाँडाबर्तन र चौपाया जलेर नष्ट हुँदा सात लाख ५५ हजारको क्षति भएको छ ।
सोही ठाउँका सुनिल यादवको बाँसको टाटीको बेरा, टिनको छानो भएको दुइवटा घर, तीन तोला सुन र ५० तोला चाँदीको गरगहनाका साथै नगद ३ लाख रुपैयाँ, अन्नपात, भाडा बर्तनसमेत जलेको प्रहरीको भनाई छ ।
यस्तै छिमेकी श्याम सुन्दर यादवको बाँसको टाटीको बेरा, टिनको छानो भएको दुईवटा घर, तीन तोला सुन, ५० तोला चाँदी, नगद २ लाख रुपैयाँ अन्नपात, भाडा बर्तन, लत्ता कपडा पशु चौपाया गरी पन्ध्र लाख पैसठ्ठी हजार रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ ।
यस्तै पार्वती देवी यादवको तीन तोला सुन, एक सय तोला चाँदीको गरगहना, नगद ७५ हजार रुपैयाँ, लत्ता कपडा गरी दश लाख पैसठ्ठी हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
शुक्रबार राति १० बजे शुरु भएको आगो राजविराज स्थित बरखगण भलुवाही ब्यारेक बाट प्रमुख सेनानी शोवित बहादुर चन्द सहित १७ जनाको टोली, नेपाल प्रहरी, सशस्त्र पÞहरी, कञ्चनरुप नगरपालिकाको दमकल र स्थानियवासीको मद्दतले तीन घण्टाको प्रयासपछी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
सारांश
- बिहीबार राति १० बजेतिर स्थानिय ललित यादवको घरमा जडान भएको विद्युत मिटरको तार सर्ट भई आगलागी हुँदा निभाउने क्रममा स्थानिय श्याम सुन्दर यादव जलेर घाईते भएका छन् ।
- आगलागिबाट उक्त टोलका यादवसहित ६ जनाको घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
- आगो निभाउने क्रममा घाइते भएका २८ बर्षीय यादवको सोही पालिकास्थित मधेश प्रदेश प्रहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया