सहकारी ऐनले किसानहरुको आर्थिकस्तर  समृद्ध हुने विश्वास ः मन्त्री साह

राजविराज राजविराज
|
बुधबार, पौष १८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सहकारी ऐनले किसानहरुको आर्थिकस्तर  समृद्ध हुने विश्वास ः मन्त्री साह

सारांश

  •     जिल्ला सहकारी संघ सप्तरीको बुधबार सम्पन्न १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दे मन्त्री साहले प्रदेशको आर्थिक अवस्था बलियो बनाउन सो ऐन ल्याउन लागेको उल्लेख गरे ।
  •      उनले सहकारीकै माध्यमबाट मुलुकको सामाजिक तथा आर्थिक क्षेत्रको विकास हुने दाबी समेत गरे ।
  • प्रदेश २ कृषिमै आधारित रहेको हुँदा प्रदेश सरकारले कृषकहरुलाई मध्यनजर गर्दै सो ऐन ल्याउन लागेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 
    प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकारले ल्याउन लागेको सहकारी ऐनले किसानहरुको आर्थिक स्तर समृद्ध हुने विश्वास व्यक्त गरेका छन् । 
    जिल्ला सहकारी संघ सप्तरीको बुधबार सम्पन्न १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दे मन्त्री साहले प्रदेशको आर्थिक अवस्था बलियो बनाउन सो ऐन ल्याउन लागेको उल्लेख गरे ।     उनले सहकारीकै माध्यमबाट मुलुकको सामाजिक तथा आर्थिक क्षेत्रको विकास हुने दाबी समेत गरे । प्रदेश २ कृषिमै आधारित रहेको हुँदा प्रदेश सरकारले कृषकहरुलाई मध्यनजर गर्दै सो ऐन ल्याउन लागेको बताए । 
    मन्त्री साहले हालसम्मको केन्द्रिय सरकारले किसानहरुलाई दिँदै आएको अनुदानले उत्पादनमा खासै परिवर्तन आउन नसकेकोले अब प्रदेश सरकारले कृषी उत्पादनमा परिवर्तनको लागि परम्परागत प्रविधिलाई तोड्दै नयाँ प्रविधि अनुसार काम गर्ने जनाए ।
    उनले सप्तरीमा स्वास्थ्य मन्त्रीले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न लागेको र संघीय सरकारको ४ करोड र प्रदेश सरकारको ६ करोड गरी १० करोड लागतमा नर्सिङ कलेज तथा कृषि क्षेत्रमा विभिन्न कामहरु अगाडी बढाएकोले सप्तरी अब विकासमा फड्को मार्ने दाबी समेत गरे । त्यस्तै ३१ करोडको लागतमा जिल्ला सहकारी संघले निर्माण गर्न लागेको सहकारी शीत भण्डारमा अपुग हुने रकम पनि प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । 
    सहकारी संघका अध्यक्ष विनोद कुमार दत्तको अध्यक्षतमा आयोजित सभामा बरिष्ठ पत्रकार वैद्यनाथ झा, त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु खड्का, प्रदेश स्तरीय माटो तथा मल परिक्षण कार्यालयका प्रमुख सुनिल कुमार सिंहलगायतकाले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संघका सदस्य सनतकुमार मण्डलले संचालन गरेका थिए । 
    यता उद्घाटन कार्यक्रम अघि नै सम्पन्न बन्द सत्रले अध्यक्षमा पुनः विनोद कुमार दत्तलाई नै निरन्तरता दिएको छ । त्यस्तै कार्य समिति, लेखा समिति र सञ्चालक समिति चयन गर्ने जिम्मेबारी नव निर्वाचित अध्यक्षलाई दिइएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश संसदीय समितिद्वारा भुक्तानी  नभएका योजनाहरूको स्थलगत निरिक्षण
प्रदेश संसदीय समितिद्वारा भुक्तानी  नभएका योजनाहरूको स्थलगत निरिक्षण
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
मेयर कपको दोश्रो संस्करण कंचनरुपमा शुरु, उद्घाटन खेलमा कंचनरुप बिजयी
मेयर कपको दोश्रो संस्करण कंचनरुपमा शुरु, उद्घाटन खेलमा कंचनरुप बिजयी
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
छिन्नमस्ता सखडा शक्तिपीठमा सन्ध्याकालिन आरती शुभारम्भ
धरानबाट फैलिएको डेंगु रोग इनरुवा हुँदै सप्तरीमा 
हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन
हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी