शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित

राजविराज राजविराज
|
सोमबार, बैशाख ८, २०८२
|
|
६४ पटक हेरिएको
Shares
शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा,  सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित

सारांश

  •     शिक्षकहरुले आन्दोलन गर्दा गर्दै नयाँ शैक्षिक सत्रको शुरुवात भएको पनि एक साता वितिसकेको छ तर, आन्दोलन संगै सृजना भएको समस्याहरुबारे कुनै पक्षले चासो देखाएका छैनन् ।
  •     आन्दोलनकै कारण सप्तरीका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ ।
  • लोकतन्त्रमा आफ्नो अधिकारको प्राप्तिका लागि संघर्ष गर्नुलाई गलत भन्न नमिले पनि त्यो संगै अरुको अधिकार हनन् गर्नु हुँदैन भने पनि मान्यता रहिआएको हो ।

दैनिक समाचारदाता
राजविराज, ८ बैशाख । 

    विद्यालय शिक्षा विधेयकको माग गर्दै देशैभरिका शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । सोमबार आन्दोलनको २० औं दिन वितिरहँदा पनि कुनै ठोस निष्कर्ष भने निस्किएको छैन् ।
    शिक्षकहरुले आन्दोलन गर्दा गर्दै नयाँ शैक्षिक सत्रको शुरुवात भएको पनि एक साता वितिसकेको छ तर, आन्दोलन संगै सृजना भएको समस्याहरुबारे कुनै पक्षले चासो देखाएका छैनन् ।
    आन्दोलनकै कारण सप्तरीका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । लोकतन्त्रमा आफ्नो अधिकारको प्राप्तिका लागि संघर्ष गर्नुलाई गलत भन्न नमिले पनि त्यो संगै अरुको अधिकार हनन् गर्नु हुँदैन भने पनि मान्यता रहिआएको हो ।
    शिक्षकहरुले थालेको आन्दोलनबाट बैशाख ११ गतेदेखी सुरु हुने भनिएको कक्षा १२ को परीक्षा समेत अन्यौल अवस्थामा पुगिसकेको छ भने देशैभरिका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागि हुन गएपछि सामुदायिक विद्यालयको पठनपाठन, भर्ना अभियान, पाठयपुस्तक वितरण, एसइइ उत्तर पुस्तिका परीक्षण तथा प्रशासनिक कामकाज समेत ठप्प हुँदा पुरै शैक्षिक क्षेत्रको अवस्था गम्भिर छ । गत शैक्षिक सत्रमा सामुदायिक विद्यालयहरुले लिएको वार्षिक परीक्षाको नतिजा पनि प्रभावित बन्नुले समग्र शैक्षिक क्षेत्र नै तहसनहस अवस्थमा पुगिसकेको हो । 
    प्रस्तावित विद्यालय शिक्षा विधेयकमा संशोधन तथा विगतमा भएको सहमति कार्यान्वयन गर्न माग र यसै संसद अधिवेशनबाट विधेयक पारित गर्नुपर्ने सहितका विभिन्न शर्त राखेर आन्दोलनमा होमिएका शिक्षकहरुको माग पुरा हुनुपर्छ भन्दै सरोकारबार निकायहरुले एक्यवद्धता समेत जनाएका छन् तर, विद्यार्थीहरुको भविष्यबारे कुनैपनि पक्ष जिम्मेवार नहुँदा नयाँ शैक्षिक सत्रको शुरुवातलाई पनि खल्लो बनाएको छ ।
    विगतमा नेपाल शिक्षक महासंघसँग भएको सहमतिको पालना तथा विद्यालय शिक्षा विधेयक संशोधन गरि शिक्षा ऐन जारि नभएसम्म शैक्षिक आन्दोलन जारि राख्ने आन्दोलनरत शिक्षकहरुले लिएको अडान कायमै छ । पटक–पटक सकारी पक्षसंग वार्ता भएपनि उनीहरु आफ्नो अडानबाट पछि हट्न मानेका छैनन् । आन्दोलन र वार्ता जारी रहँदा त्यसको प्रभाव सप्तरीमा पनि परेको छ ।  
    यस जिल्लामा प्रावितर्फ १ हजार ७ सय ५१, निमावितर्फ ४ सय ३४, मावितर्फ ३ सय १५, उमाविमा ६९ गरि २ हजार ५ सय ६९ शिक्षकहरु सामुदायिक विद्यालयमा कार्यरत रहेको शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका निमित्त प्रमुख कमलनाथ यादवले जानकारी दिए । उनले तथा डेढ लाख भन्दा बढी विद्यार्थीहरु सामुदायिक विद्यालयहरुमा अध्ययनरत रहेको बताए । 
    इकाई प्रमुख यादवका अनुसार सप्तरीमा ४ सय १७ वटा सामुदायिक विद्यालय रहेका छन् । तर, सम्पूर्ण शैक्षिक क्रियाकलाप ठप्प भएका कारण यहाँका विद्यार्थी र अभिभावक समेतमा चिन्ता बढेको राजविराज नगरपालिका वडा नम्बर ७ का वडा सदस्य रामानन्द देवले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
हावासँगै बढेको चिसोका कारण जनजिवन प्रभावित 
हावासँगै बढेको चिसोका कारण जनजिवन प्रभावित 
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट  पत्रकार गुप्तासहित तीनजना सम्मानित
सहिद दिलिप चौधरी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गुप्तासहित तीनजना सम्मानित
बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै
सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
सिके राउतको मुद्दा अहिले प्रधानमन्त्रीले बोकेका छन् ः राजपा संयोजक भण्डारी
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही
मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु
सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?