दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
मंगलबार साँझदेखी चलेको हावासँगै बढेको अत्याधिक चिसोले सप्तरीको जनजिवन प्रभावित बनेको छ । चलेको चिसो हावासँगै सदरमुकाम राजविराज सहित ग्रामिण भेगको जनजीवन प्रभावित बनेको हो ।
मंगलबार राती देखी नै जाडो छल्न राजविराज नगरपालिकाले नगरक्षेत्र भित्रका चौकहरुमा आगो ताप्न दाउराको प्रबन्ध मिलाएको छ ।
नगरपालिकका कार्यवाहक नगर प्रमुख ईसरत परवीनले नगरपालिका भित्रका थप स्थानहरुमा बुधबार साँझदेखि दाउरा उपलब्ध गराइ आगो ताप्ने व्यवस्था मिलाइएको जानकारी दिइन् ।
यस्तै अत्यधिक जाडोकै कारण जिल्लाको राजगढ गाउँपालिकाले एक साताका लागि विद्यालयहरु बन्द गरेको छ ।
विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दे वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी पालिकाका विद्यालयहरुमा बिदा दिइएको हो । पुस २४ देखि माघ १ गतेसम्म विद्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।
हावासँगै बढेको चिसोका कारण जनजिवन प्रभावित
सारांश
- मंगलबार राती देखी नै जाडो छल्न राजविराज नगरपालिकाले नगरक्षेत्र भित्रका चौकहरुमा आगो ताप्न दाउराको प्रबन्ध मिलाएको छ ।
- नगरपालिकका कार्यवाहक नगर प्रमुख ईसरत परवीनले नगरपालिका भित्रका थप स्थानहरुमा बुधबार साँझदेखि दाउरा उपलब्ध गराइ आगो ताप्ने व्यवस्था मिलाइएको जानकारी दिइन् ।
- यस्तै अत्यधिक जाडोकै कारण जिल्लाको राजगढ गाउँपालिकाले एक साताका लागि विद्यालयहरु बन्द गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी
प्रतिक्रिया
० प्रतिक्रिया