“ढोकाविहीन सार्वजनिक शौचालय”

राजविराज राजविराज
|
बिहिबार, मंसिर २२, २०७९
|
|
४४ पटक हेरिएको
Shares
“ढोकाविहीन सार्वजनिक शौचालय”

सारांश

  •     शौचालयमा ढोका नरहेकाले प्रयोगमा समस्याका साथै आसपासका क्षेत्र दुर्गन्धित बन्न पुगेको स्थानीय तरकारी व्यवसायी विशेश्वर यादवले बताए ।
  •       राजविराज नगरपालिकाद्वारा निर्माण गरी वार्षिक ४ लाख रुपैया बुझाउने गरी उक्त शौचालय संचालनको ठेक्का सोही वडाका अशोक मेहतरले पाएका छन ।
  • तर शौचालयमा ढोका नरहेको र लथालिङ्ग रहदा सर्वसाधारणलाई शौच गर्न समेत समस्या भईरहेको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।

    राजविराज वडा नं. ७ स्थित हटिया बजारमा रहेको एक मात्र सार्वजनिक शौचालय ढोकाविहीन अवस्थामा संचालनमा रहेको छ । शौचका लागी प्रयोग गरिने दुई वटा शौचालय कोठा विगत एक वर्षदेखि ढोकाविहीन छ । 
    शौचालयमा ढोका नरहेकाले प्रयोगमा समस्याका साथै आसपासका क्षेत्र दुर्गन्धित बन्न पुगेको स्थानीय तरकारी व्यवसायी विशेश्वर यादवले बताए । 
    राजविराज नगरपालिकाद्वारा निर्माण गरी वार्षिक ४ लाख रुपैया बुझाउने गरी उक्त शौचालय संचालनको ठेक्का सोही वडाका अशोक मेहतरले पाएका छन । तर शौचालयमा ढोका नरहेको र लथालिङ्ग रहदा सर्वसाधारणलाई शौच गर्न समेत समस्या भईरहेको उनको भनाई छ ।
    ठेकेदार मेहतरले आफुले ढोका लगाईदिन पटक पटक नगरपालिका कार्यालयको ध्यानाकर्षण गराउदा पनि कुनै चासो नदेखाएको लाचारी सुनाए । शौचालय आफूले ठेक्का लिदा लगाइएको ढोका एक वर्ष अघि नै सडेर नष्ट भएको उनले सुनाए । 
    भिडभाड रहने हटिया बजारमा दैनिक सयौं सर्वसाधारण किनमेलका लागी आउने गरेको तथा नजिकै रहेको मालपोत कार्यालयका सेवाग्राही समेत सोही शौचालय पायक पर्ने गरेकाले प्रयोगका लागी आउने गरेका छन् । तर, ढोका नहुँदा जथाभावी शौच गर्नाले सो क्षेत्र नै दुर्गन्धित बन्ने गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु