दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष धीरेन्द्र कुमार साह सपथग्रहण लगत्तै पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका बेला पक्राउ परेका छन् ।
तीन वर्ष अघि भएको सोही वडाकी १९ वर्षिया एक युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा उनको समेत संलग्नता रहेको भन्दै प्रहरीमा परेको उजुरी र अदालतको परमादेशको आधारमा नवनिर्वाचित वडाअध्यक्ष साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् । अघिल्लो दिन विहीवार पदभार ग्रहण कार्यक्रममा सरिक हुन पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले साह उपर अपहरण तथा शरिर बन्धक, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । अघिल्लो दिन साँझ पक्राउ परेका साहलाई लगातार सार्वजनिक विदा परेकाले सोमवार मात्र म्याद थपका लागी अदालतमा उपस्थित गराईने उनको भनाई छ ।
प्रहरीका अनुसार साह र अन्य केही प्रतिवादी माथी सोही वडाकी १९ वर्षिया युवतीको २०७९ साल साउन १७ गते अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तव्य ज्यान लगायतका अपराध गरेकोे आरोप छ ।
यसरी युवतीलाई अपहरण, बलात्कार र कर्तब्य ज्यान लगायतका अपराध गरेको भन्दै साह सहितका ब्यक्तीहरु विरुद्ध २०७९ साल साउन १९ गते पीडित परिवारद्वारा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यसपछी उनी फरार भएका थिए । यसबारे २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट समेत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको र २०८० चैत्र उच्च अदालत जनकपुर–राजविराज इजलाशबाट परमादेश जारी भएको प्रहरीको भनाइ छ ।
यस्तै २०८१ साउन १४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उक्त मुद्दा दर्ता भएको थियो । त्यस पश्चात् २०८१ साउन १५ गते साहसहित प्रतिवादी विरुद्ध पक्राउ पूर्जी प्राप्त भएपछी साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले खोजतलास गरिरहेको र पक्राउ पर्न सक्ने आँकलन गर्दै साह उम्मेदारी मनोनयनका दिन आफु उपस्थित नभई वारेस मार्फत मनोनयन पत्र दर्ता गराएका थिए ।
यसअघि वडाअध्यक्ष पदमा उक्त वडाबाट निर्वाचित भएका नेपाली काँग्रेसका प्रितमलाल चौधरीको निधन भएका कारण उपनिर्वाचन भएको थियो । तर नवनिर्वाचित वडाअध्यक्ष संगिन अपराधमा पक्राउ परे पछी एक पल्ट फेरी उक्त वडा अहिले जनप्रतिनिधीविहिन बन्न पुगेको छ ।
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सारांश
- तीन वर्ष अघि भएको सोही वडाकी १९ वर्षिया एक युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा उनको समेत संलग्नता रहेको भन्दै प्रहरीमा परेको उजुरी र अदालतको परमादेशको आधारमा नवनिर्वाचित वडाअध्यक्ष साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
- अघिल्लो दिन विहीवार पदभार ग्रहण कार्यक्रममा सरिक हुन पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया