उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

राजविराज राजविराज
|
मंगलबार, बैशाख १७, २०७६
|
|
२० पटक हेरिएको
Shares
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

सारांश

  •     उपमेयर आशा चौधरीको नेतृत्वमा वडा नम्बर १ का अध्यक्ष नारायण आचार्यसहितका जनप्रतिनिधिको टोलीले निमित्त प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
  •       निमित्त प्रशासकीय अधिकृत चौधरीले लामो समयदेखि काममा बेवास्ता गरी नगरपालिकाको काम प्रभावित बनाएका भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको जनाइएको छ ।
  •     संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएका प्रशासकीय अधिकृत बासुदेव रेग्मी चैत १८ गते कार्यालयमा हाजिर भए लगत्तै बिदामा बसेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १६ बैशाख । 
    सप्तरीको सप्तकोसी नगरपालिकाका उपप्रमुखको नेतृत्वमा निर्वाचित प्रतिनिधिहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका छन् ।
    उपमेयर आशा चौधरीको नेतृत्वमा वडा नम्बर १ का अध्यक्ष नारायण आचार्यसहितका जनप्रतिनिधिको टोलीले निमित्त प्रशासकीय अधिकृत रामदेव चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 
    निमित्त प्रशासकीय अधिकृत चौधरीले लामो समयदेखि काममा बेवास्ता गरी नगरपालिकाको काम प्रभावित बनाएका भन्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको जनाइएको छ ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएका प्रशासकीय अधिकृत बासुदेव रेग्मी चैत १८ गते कार्यालयमा हाजिर भए लगत्तै बिदामा बसेका छन् । 
    जनप्रतिनिधिलाई बेवास्ता गरेको र काम प्रभावित बनाएको विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत मौखिक जानकारी गराइएको उपप्रमुख चौधरीले बताइन् । उनले रामदेव चौधरी कार्यालय प्रमुख हुँदाका अधिकांश योजना र सम्झौता अधुरा रहेको जानकारी दिइन् ।
    त्यसअघिका कार्यालय प्रमुख राजकपुर चौलागाईं गत पुष महिनामा सरुवा भएपछि चौधरी नै निमित्त थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?