राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता

राजविराज राजविराज
|
सोमबार, माघ ५, २०८२
|
|
६५ पटक हेरिएको
Shares
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता

सारांश

  •     राजविराज नगरपालिकाले उनको स्वागत तथा सम्मानमा आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्ता प्रतिबद्धता जनाएका हुन ।
  •       १५ करोड ६० लाख रुपैयाको लागतमा शहरी विकास मन्त्रालयद्वारा निर्माण गरिएको सुविधा सम्पन्न वसपार्कको गत जेठ १५ गते नै एक समाहरोबीच उदघाटन गरिएको थियो ।
  • यसका वावजुद पनि तीन÷तीन पटक टेण्डर सुचना आह्वान गरिसक्दा पनि ठेक्का नलागी संचालनमा आउन सकेको छैन् ।

दैनिक समाचारदाता
राजविराज, ४ माघ ।

    मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री मनिष सुमनले राजविराजस्थित नवनिर्मित वसपार्क संचालनका लागी आफुले पनि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । 
    राजविराज नगरपालिकाले उनको स्वागत तथा सम्मानमा आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्ता प्रतिबद्धता जनाएका हुन । 
    १५ करोड ६० लाख रुपैयाको लागतमा शहरी विकास मन्त्रालयद्वारा निर्माण गरिएको सुविधा सम्पन्न वसपार्कको गत जेठ १५ गते नै एक समाहरोबीच उदघाटन गरिएको थियो । यसका वावजुद पनि तीन÷तीन पटक टेण्डर सुचना आह्वान गरिसक्दा पनि ठेक्का नलागी संचालनमा आउन सकेको छैन् । 
    बसपार्क अझै संचालनमा आउन नसक्दा अहिले पनि नगरको मुख्य बजार क्षेत्रको सडकबाटै सार्वजनिक यातायातका साधनहरु संचालन र पार्किङ्ग हुदै आएको नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले सुनाएपछि मन्त्री सुमनले बसपार्कका बारेमा केही दिन वस्तुस्थिती अध्ययन गर्ने बताउँदै संचालनमा ल्याउनका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    कार्यक्रममा कार्यवाहक नगर प्रमुख परवीनले नयाँ वसपार्क सम्म सवारी साधान पु¥याउनका लागी आवश्यक तयारीका साथै तीन पटक टेण्डर आह्वान गरिसक्दा पनि कसैले ठेक्का लिनेतर्फ चासो नदेखाएको बताएपछी मन्त्री सुमनले सप्तरी जिल्ला कै गौरवका आयोजना मध्येका एक राजविराज वसपार्क यथासिघ्र संचालनका लागी पुर्ण सहयोग रहने बताए । 
    कार्यवाहक नगर प्रमुख परवीनले वसपार्क र हटिया कम्प्लेक्स यथासिघ्र संचालनका लागी दिनरात खटे पनि सरोकारवालाहरुबाट अपेक्षित सहयोग पाउन नसकेको दुखेसो पोखिन । 
    कार्यक्रममा सहभागी जनप्रतिनीधी, विभिन्न संघ संस्था र कार्यालयका प्रतिनीधी तथा समाजका अगुवाहरुले वसपार्क यथासिघ्र संचालनका लागी आ–आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
तिलाठी कोईलाडीको ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट 
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
प्राधिकरणद्वारा ४ सय ४३ थान विद्युत मिटर निःशुल्क बितरण
प्राधिकरणद्वारा ४ सय ४३ थान विद्युत मिटर निःशुल्क बितरण
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
न्यायिक समितिमा डाक्नेश्वरीका नगर  प्रमुखसहित २४ जना विरुद्ध उजुरी
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
उपसभामुखद्वारा किरिया खर्च प्रदान
उपसभामुखद्वारा किरिया खर्च प्रदान