खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 

राजविराज राजविराज
|
मंगलबार, बैशाख २१, २०७८
|
|
४३ पटक हेरिएको
Shares
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 

सारांश

  •     राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले मंगलबार राजविराजस्थित होटल आई गार्डेनलाई ख (उत्तम) श्रेणीको लोगो टाँस गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् ।
  •       खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजद्वारा आयोजित कार्यक्रममा प्रमुख यादवले होटल संचालक राधेश्याम रमणलाई उक्त श्रेणीको प्रमाण पत्र समेत प्रदान गरे ।
  •       होटल स्तरियकरण तथा लोगो वितरण कार्यक्रमका टोलीले राजविराजस्थित डिलक्स स्टार होटल, होटल माउण्ट ब्लु र थारु रिसोर्टलाई ग (संतोषजनक) श्रेणीको लोगो टाँस गरी होटल संचालकहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख । 
    खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण कार्यक्रमको मंगलबारदेखी राजविराजबाट शुभारम्भ गरिएको छ । 
    राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले मंगलबार राजविराजस्थित होटल आई गार्डेनलाई ख (उत्तम) श्रेणीको लोगो टाँस गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् । 
    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजद्वारा आयोजित कार्यक्रममा प्रमुख यादवले होटल संचालक राधेश्याम रमणलाई उक्त श्रेणीको प्रमाण पत्र समेत प्रदान गरे । 
    होटल स्तरियकरण तथा लोगो वितरण कार्यक्रमका टोलीले राजविराजस्थित डिलक्स स्टार होटल, होटल माउण्ट ब्लु र थारु रिसोर्टलाई ग (संतोषजनक) श्रेणीको लोगो टाँस गरी होटल संचालकहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । 
    यस्तै राजविराजस्थित न्यू श्रेष्ठ होटल र होटल राज तथा माँ भगवती मिष्टान भण्डार, वजरंगवली पेडा भण्डार, जय मातादी मिष्टान भण्डार, आदर्श स्वीटस, प्रकाश स्वीट कर्नर, प्रभु नास्ता पसलहरुलाई घ (सामान्य) श्रेणीको लोगो टाँस गरी प्रमाण पत्र प्रदान गरिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुरेश सिंहले जानकारी दिएका छन् । 
    यता जय माँ भगवती स्वीट कर्नर र माँ भगवती स्वीट कर्नरमा खाद्य पदार्थमा मिसावट जाँच गर्ने सरल तरिकाको स्टीकर टाँस गरेको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभीजन कार्यलयका प्रमुख सिंहले बताए ।
    सो टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंह, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत किशोर कुमार राम, उद्योग अधिकृत संतोष कुमार साह, स.उ.वा.सँघका कार्यालय सचिव ललित झा, राष्ट्रिय उपभोक्ता मंचका राजकुमार गुप्ता, न्यायीक उपभोक्ता मंचका रामकुमार यादव लगायत वडाध्यक्षहरु जयनारायण मण्डल र संजय यादव तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?