सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा

राजविराज राजविराज
|
बुधबार, भाद्र २३, २०७८
|
|
८२ पटक हेरिएको
Shares
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा

सारांश

  •     तत्कालिन राजपाबाट निर्वाचित तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, राजबिराज नगर उपप्रमुख साधना झा, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष उषा मण्डल र बोदेबरसाईन नगरपालिका उपप्रमुख रन्जु साहसहित ९६ जनाले लोसपामा रोजेका हुन ।
  • स्थानीय तहमा जिल्लामा राजपाबाट २ सय १६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
  •     राजपाबाट २ सय १६, तत्कालिन संघीय समाजवादी फोरमबाट १ सय ४० र तत्कालिन नयाँ शक्ति पार्टीबाट ११ जना गरी ३ सय ६७ जना जनप्रतिनिधि मध्ये ९६ जनाले सनाखत गरेका हुन् ।

चन्दनकुमार यादव
राजविराज, २२ भदौ ।
    सप्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ९६ जना जनप्रतिनिधिले रोजेका छन् । 
    तत्कालिन राजपाबाट निर्वाचित तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, राजबिराज नगर उपप्रमुख साधना झा, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष उषा मण्डल र बोदेबरसाईन नगरपालिका उपप्रमुख रन्जु साहसहित ९६ जनाले लोसपामा रोजेका हुन । स्थानीय तहमा जिल्लामा राजपाबाट २ सय १६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
    राजपाबाट २ सय १६, तत्कालिन संघीय समाजवादी फोरमबाट १ सय ४० र तत्कालिन नयाँ शक्ति पार्टीबाट ११ जना गरी ३ सय ६७ जना जनप्रतिनिधि मध्ये ९६ जनाले सनाखत गरेका हुन् । 
    जसमध्ये राजबिराज १० का एक जना सदस्यको सनाखत फिर्ताकालागि निवेदन परेको छ । तत्कालिन राजपाबाट सप्तरीमा ५ वटा पालिका प्रमुखमा निर्वाचित भएका थिए ।
    तत्कालिन राजपाबाट निर्वाचित राजविराज नगरपालिका मेयर शम्भुप्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिका मेयर शैलेश कुमार साह, डाक्नेश्वरी नगरपालिका मेयर शिवनारायण साह र रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव जसपामै बसेका छन् भने तिलाठी कोइलाडी गाउँपालिकाकै उपाध्यक्ष सुचिता कुमारी यादव पनि जसपा रोजेका छन् ।
    यता तत्कालिन राजपाबाट निर्वाचित राजविराज नगरपालिकाका उपमेयर साधना झा र छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उषाकुमारी मण्डल तथा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित बोदे बरसाइन नगरपालिकाका उपमेयर रन्जु साहले लोसपामा सनाखत गरेको लोसपाका नेता प्रभाकर यादवले जानकारी दिए ।
    यता लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, संघीय सांसद १५, प्रदेश न.२ मा १६ जना, लुम्बिनी प्रदेशमा ३ जना, सुदुर पश्चिममा १ जना, स्थानीय तह तर्फ सप्तरी ९६, सिरहा १२, धनुषा १०९, महोत्तरी २५८, सर्लाही १३७, रौतहट ८८, वारा १३८, पर्सा २८, रुपन्देही २०, कपिलवस्तु १ जनाले लोसपामा सनाखत गरेको लोसपा नेता केशव झाले जानकारी दिएका छन ।
    लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा सप्तरीवाट मेयर १ जना, उपमेयर ३, धनुषा १, उपमेयर २, महोत्तरी मेयर ६, उपमेयर १०, सर्लाही मेयर ५, उपमेयर ४, रौतहट मेयर १, वारा मेयर ३, उपमेयर ५, पर्सा उपमेयर २, रुपन्देही मेयर १, उपमेयर १ जनाले लोसपामा सनाखत गरेका छन ।
    यसैगरी सप्तरीमा २९ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । 
    सुरुङ्गा नगरपालिका ३ जना वडा अध्यक्षसहित २२ जना, खडक नगरपालिकाका एक वडा अध्यक्ष र सप्तकोशी नगरपालिकाका १ जना वडा अध्यक्षसहित २९ जना जनप्रतिनिधिले नेकपा एस रोजेको नेकपा एसका सप्तरी निर्वाचन क्षेत्र नं. ४ का ईन्चार्ज राजेन्द्र प्रसाद साहले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह 
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
छोराको नागरिकता बनाउन आएका बाबुकै नागरिकता शंकास्पद !
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
हावाहुरीबाट प्रभावित तीन सय परिवारलाई लत्ताकपडा वितरण
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल  क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह  
राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन
राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
आगलागिमा चार घर नष्ट, १७ लाख भन्दा बढीको क्षति
आगलागिमा चार घर नष्ट, १७ लाख भन्दा बढीको क्षति
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले