दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव सिद्धार्थ तातेड पीडितहरुको बचत फिर्ता गर्ने सहमति भए पश्चात् ६ महिनापछी जेलमुक्त भएका छन् ।
सहकारी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका तातेड सप्तरी जिल्ला अदालतका न्ययाधिश तिलक बहादुर कार्कीको रोहबरमा पीडित पक्षहरुले मुद्दा फिर्ता तथा मिलापत्र प्रमाणित भएपछी मंगलबार जेलमुक्त भएका हुन् ।
मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कानुन व्यवसायी अशोक चौधरी, डाक्नेश्वरी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष कर्णदेव चौधरी तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको उपस्थितिमा दुबै पक्ष मुद्दा मिलापत्र गरेपछि न्यायाधिश कार्कीको रोहबरमा मिलापत्र प्रमाणित भएसँगै तातेडको रिहा भए ।
राजविराज नगरपालिकाका वडा नं. ३ का वडा सदस्य समेत रहेका तातेडलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साउन ३ गते पक्राउ गरेको थियो । साउन १७ गते जिल्ला अदालत सप्तरीका न्यायाधिश संजिव पोखरेलको एकल इजलाशले थुनछेक बहस सकिएपछि तातेडलाई पूर्पक्षका लागि कारागारमा राख्ने आदेश गरेको थियो ।
सो संस्थामा जम्मा गरेको बचतकर्ताको करिब डेढ करोड रकम हिनामिना गरेको आरोपसहित अध्यक्ष बेचन यादव र सचिव तातेडसहित १२ जनालाई प्रतिवादी बनाई प्रहरीले सप्तरी जिल्ला अदालतमा आरोपपत्र दायर गरेको थियो ।
४९ जना बचतकर्ताको संयुक्त जाहेरीले बादी नेपाल सरकार भई उठान भएको मुद्दामा त्यती बेला प्रहरी तातेडलाई मात्र पक्राउ गर्न सफल भएको थियो । अन्य आरोपित फरार रहेको प्रहरीले जनाउँदै आएको थियो ।
संचालक र कर्मचारी अचानक सम्पर्कविहीन भएको र लामो समयसम्म संस्थामा तालाबन्दी भएको देखेपछि बचत फिर्ताका लागी पहल गर्न माग गर्दै बचतकर्ताहरु प्रहरी समक्ष पुगेका थिए ।
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
सारांश
- सहकारी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका तातेड सप्तरी जिल्ला अदालतका न्ययाधिश तिलक बहादुर कार्कीको रोहबरमा पीडित पक्षहरुले मुद्दा फिर्ता तथा मिलापत्र प्रमाणित भएपछी मंगलबार जेलमुक्त भएका हुन् ।
- मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कानुन व्यवसायी अशोक चौधरी, डाक्नेश्वरी नगरपालिका वडा नं.
- ९ का वडाअध्यक्ष कर्णदेव चौधरी तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको उपस्थितिमा दुबै पक्ष मुद्दा मिलापत्र गरेपछि न्यायाधिश कार्कीको रोहबरमा मिलापत्र प्रमाणित भएसँगै तातेडको रिहा भए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया