सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा

राजविराज राजविराज
|
मंगलबार, पौष २३, २०८१
|
|
११३ पटक हेरिएको
Shares
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा

सारांश

  •     सहकारी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका तातेड सप्तरी जिल्ला अदालतका न्ययाधिश तिलक बहादुर कार्कीको रोहबरमा पीडित पक्षहरुले मुद्दा फिर्ता तथा मिलापत्र प्रमाणित भएपछी मंगलबार जेलमुक्त भएका हुन् ।
  •       मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कानुन व्यवसायी अशोक चौधरी, डाक्नेश्वरी नगरपालिका वडा नं.
  • ९ का वडाअध्यक्ष कर्णदेव चौधरी तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको उपस्थितिमा दुबै पक्ष मुद्दा मिलापत्र गरेपछि न्यायाधिश कार्कीको रोहबरमा मिलापत्र प्रमाणित भएसँगै तातेडको रिहा भए ।

दैनिक समाचारदाता
राजविराज, २३ पुस ।

    राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव सिद्धार्थ तातेड पीडितहरुको बचत फिर्ता गर्ने सहमति भए पश्चात् ६ महिनापछी जेलमुक्त भएका छन् । 
    सहकारी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका तातेड सप्तरी जिल्ला अदालतका न्ययाधिश तिलक बहादुर कार्कीको रोहबरमा पीडित पक्षहरुले मुद्दा फिर्ता तथा मिलापत्र प्रमाणित भएपछी मंगलबार जेलमुक्त भएका हुन् । 
    मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कानुन व्यवसायी अशोक चौधरी, डाक्नेश्वरी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष कर्णदेव चौधरी तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको उपस्थितिमा दुबै पक्ष मुद्दा मिलापत्र गरेपछि न्यायाधिश कार्कीको रोहबरमा मिलापत्र प्रमाणित भएसँगै तातेडको रिहा भए । 
    राजविराज नगरपालिकाका वडा नं. ३ का वडा सदस्य समेत रहेका तातेडलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साउन ३ गते पक्राउ गरेको थियो । साउन १७ गते जिल्ला अदालत सप्तरीका न्यायाधिश संजिव पोखरेलको एकल इजलाशले थुनछेक बहस सकिएपछि तातेडलाई पूर्पक्षका लागि कारागारमा राख्ने आदेश गरेको थियो । 
     सो संस्थामा जम्मा गरेको बचतकर्ताको करिब डेढ करोड रकम हिनामिना गरेको आरोपसहित अध्यक्ष बेचन यादव र सचिव तातेडसहित १२ जनालाई प्रतिवादी बनाई प्रहरीले सप्तरी जिल्ला अदालतमा आरोपपत्र दायर गरेको थियो । 
    ४९ जना बचतकर्ताको संयुक्त जाहेरीले बादी नेपाल सरकार भई उठान भएको मुद्दामा त्यती बेला प्रहरी तातेडलाई मात्र पक्राउ गर्न सफल भएको थियो । अन्य आरोपित फरार रहेको प्रहरीले जनाउँदै आएको थियो । 
    संचालक र कर्मचारी अचानक सम्पर्कविहीन भएको र लामो समयसम्म संस्थामा तालाबन्दी भएको देखेपछि बचत फिर्ताका लागी पहल गर्न माग गर्दै बचतकर्ताहरु प्रहरी समक्ष पुगेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपी स्मृतिमा वृक्षा रोपन
विपी स्मृतिमा वृक्षा रोपन
साइकलबाट बाबा धामका यात्रा 
साइकलबाट बाबा धामका यात्रा 
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
गज्जु बाबुले पु¥याएको योगदान भावी पुस्ताका  लागि अनुकरणीय ः जसपा नेता महतो
गज्जु बाबुले पु¥याएको योगदान भावी पुस्ताका  लागि अनुकरणीय ः जसपा नेता महतो
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
वडा सदस्यहरुद्वारा दोश्रो चरणको आन्दोलन  घोषणा, जुलुसदेखी दुई घण्टा धर्नासम्म
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन
चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन