सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण

राजविराज राजविराज
|
सोमबार, आषाढ २९, २०७७
|
|
३९ पटक हेरिएको
Shares
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण

सारांश

  •     चारैतिर कोशी नदीले घेरिएको सो गाउँमा शुक्रबार साँझ कोशीको बाढी पसेर घर डुवानमा परेपछि उनीहरु बिचल्लीमा परेका थिए ।
  • वडा अध्यक्ष बिन्देश्वर यादवको पहलमा चार वटा डुङ्गाको व्यवस्था गरि रातारात बाढीका कारण गर्भवति, बालबालिका र बृद्धबृद्धा समेत गरि ७५ परिवारलाई उच्च स्थानमा रहेको विद्यालयमा पु¥याइएको थियो ।
  •       डुङ्गा चलाउने सीताराम यादव, लालु यादव, सन्तोष यादव र बलिराम सदाले अझ २५ परिवार बाढीले घेरिएको अवस्थामा रहेको र पालैपालो उद्धार गरि ल्याउने काम आइतबार पनि जारि रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २८ असार ।
    सप्तकोशी नदीको बाढी पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढा गाउँका ७५ परिवार बिस्थापित भई गाउँकै उच्च स्थानमा रहेको राष्ट्रिय आधारभुत प्राथमिक विद्यालयमा शरण लिएका छन् । 
    चारैतिर कोशी नदीले घेरिएको सो गाउँमा शुक्रबार साँझ कोशीको बाढी पसेर घर डुवानमा परेपछि उनीहरु बिचल्लीमा परेका थिए । वडा अध्यक्ष बिन्देश्वर यादवको पहलमा चार वटा डुङ्गाको व्यवस्था गरि रातारात बाढीका कारण गर्भवति, बालबालिका र बृद्धबृद्धा समेत गरि ७५ परिवारलाई उच्च स्थानमा रहेको विद्यालयमा पु¥याइएको थियो । 
    डुङ्गा चलाउने सीताराम यादव, लालु यादव, सन्तोष यादव र बलिराम सदाले अझ २५ परिवार बाढीले घेरिएको अवस्थामा रहेको र पालैपालो उद्धार गरि ल्याउने काम आइतबार पनि जारि रहेको बताए ।
    हाल बिस्थापित भई विद्यालयमा राखिएकाहरु मध्ये तीन जना गर्भवति महिलासहित बालबालिका र बृद्धबृद्धा गरि ७५ परिवार रहेको तथा केहीमा स्वास्थ्य समस्या समेत देखिएको वडा अध्यक्ष यादवले बताएका छन् । 
    वडा अध्यक्ष यादवले कोशीको बाढी विद्युतीय गतिमा पसेकाले चार वटा घर तथा एक दर्जन पशु चौपाया समेत बगाएको बताए । उनले अहिले पनि वर्षा जारि रहेकाले जोखीम बढ्दै गएको बताएका छन् । 
    वडा अध्यक्ष यादवले कोशीको बाढी विद्युतीय गतिमा पसेकाले चार वटा घर तथा एक दर्जन पशु चौपाया समेत बगाएको बताए । उनले अहिले पनि वर्षा जारि रहेकाले जोखीम बढ्दै गएको बताएका छन् । 
    यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले बिस्थापित मध्ये केहीमा स्वास्थ्य समस्या रहेको खबर आफूलाई पनि प्राप्त भएको बताउँदै औषधीसहित स्वास्थ्यकर्मीको टोलीलाई डुङ्गामार्फत त्यसतर्फ पठाउने तयारी भइरहेको जानकारी दिए । 


    टप्पु गाउँको नाममले चिनिने गोबरगाढा गाउँ पुग्ने सबै मार्ग बाढीका कारण डुवानमा परेकाले एकमात्र साधन डुङ्गाको प्रयोग गरिएको र फसेकाहरुलाई सुरक्षित स्थानमा ल्याउने क्रम जारि रहेको उनको भनाई छ । 
    यता निरन्तरको वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकाको विभिन्न वडा समेत जलमग्न भएको छ । कतिपयका घरमा वर्षाको पानी पसेर दुई फिटसम्म पानी जमेको छ । पीडितहरुले अविलम्ब पानी निकासको व्यवस्थापन गर्न माँग गरेको छ ।  
    राजबिराजको वडा नं. १, २, ६, ७, १०, ११ १२, १५, लगायतका वडाहरूमा स्थानियहरूको घरघरमा पानी जमेपछि जनजिवन कष्टकर बनेको छ । राजबिराज २ स्थित राजदेबी पोखरी महाडका लक्ष्मी प्रसाद कर्णको घरमा ३ फिट पानी जमेर उनी घर बाहिर गर्न सकेका छैनन् । दुई दिन देखि घरमा पानी जमेर उनीहरू सुत्ने कोठा भित्रबाहिर पानी जमेपछि खानेकुरा सबै नष्ट भएकोले भाकै बस्न बाध्य भएको घरमुली कर्णले बताए ।
    यसैगरी सोही वडाको स्थानिय डा. रामखेलावन यादब, खडगनारायण चौधरी, पंकज देव, बिरेन्द्र चौधरी, सुर्यबहादुर थापा लगायत दर्जनौको घरमा पानी जमेपछि घरवाट निस्किन समस्या भएको छ ।
    राजबिराज १ स्थित खाडो नदिको तटबन्धमा रहेको डुमरी, शिवथान टोल अहिले पानी जमेर सर्वसधारणलाई घरबाहिर निस्किन समस्या भएको स्थानिय रामअवतार यादबले जानकारी दिए । यसैगरी राजबिराज ७ स्थित खर्साल टोलमा जमेको पानी निकास हुन नसक्दा सर्वसधारणलाई घरबाहिर तथा आवतजावत गर्न कठिनाई भएको स्थानिय रामनारायण मेहताले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
वर्षाका कारण गजेन्द्र नारायण सिंह अस्पताल डुबानमा, सप्तकोशीमा बाढी
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई
फजुल खर्च बचाएर सबलद्वारा प्रहरीलाई ज्याकेट प्रदान
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते
महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन
महिलाको उल्लेख्य सहभागितामा  राजावादीको प्रर्दशन
दलित छात्रावासको शिलान्यास 
दलित छात्रावासको शिलान्यास 
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण
सहिद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा २५ जना विपन्न महिलालाई साडी वितरण