भगवती मन्दिर पोखरीको सरसफाईमा जनप्रतिनिधिदेखी सुरक्षा निकायका प्रमुखसम्म 

राजविराज राजविराज
|
मंगलबार, आश्विन २, २०८०
|
|
२० पटक हेरिएको
Shares
भगवती मन्दिर पोखरीको सरसफाईमा जनप्रतिनिधिदेखी सुरक्षा निकायका प्रमुखसम्म 

सारांश

  •     राजविराज नगरपालिकाको अगुवाईमा धार्मिक महत्वको पोखरी आवश्यक सरसफाईको अभावमा पूजाविधी गर्न भक्तजनलाई समस्या हुदै आएको जनगुनासो आएपछी सरसफाई अभियान थालिएको हो ।
  • यस अभियानमा जनप्रतिनिधि, नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीले समेतले सघाएका छन् ।
  •       सेना र समुदायबीचको आपसी सद्भावलाई अझै प्रगाढ बनाउन समुदायको हितमा गरिएको आग्रहलाई स्वीकार गर्दै सेनाको टोली सरसफाईमा खटिएको नेपाली सेना बरख गणका कर्णेल रमेश पाण्डेले बताए ।

दैनिक समाचारदाता
राजविराज, २ असोज । 

    राजविराज वडा नं. ७ स्थित धार्मिक एवं ऐतिहासिक भगवती मन्दिर पोखरीको मंगलबारदेखी सरसफाई थालिएको छ । 
    राजविराज नगरपालिकाको अगुवाईमा धार्मिक महत्वको पोखरी आवश्यक सरसफाईको अभावमा पूजाविधी गर्न भक्तजनलाई समस्या हुदै आएको जनगुनासो आएपछी सरसफाई अभियान थालिएको हो । यस अभियानमा जनप्रतिनिधि, नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीले समेतले सघाएका छन् । 
    सेना र समुदायबीचको आपसी सद्भावलाई अझै प्रगाढ बनाउन समुदायको हितमा गरिएको आग्रहलाई स्वीकार गर्दै सेनाको टोली सरसफाईमा खटिएको नेपाली सेना बरख गणका कर्णेल रमेश पाण्डेले बताए । 
    नेपाल प्रहरीका उपरिक्षक नरेन्द्र कुमार कार्कीले मानववस्तीको बीचमा रहेको उक्त पोखरी सरसफाईको अभावमा दुर्गन्धित रहेकोले सरसफाई अभियानमा नेपाल प्रहरी टोलीको नेतृत्व गर्दै सहभागिता जनाएको बताए ।
    उनले संविधान दिवसको पूर्वसन्ध्यामा आयोजित सरसफाई कार्यक्रमलाई अन्यवेला पनि निरन्तरता दिनु पर्ने सुझाव समेत दिए । 
    राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले नजिकिएको दशै, तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी अभियान थालिएको बताईन । यस पटक पुर्ण सफाई तथा ऐतिहासिक पोखरीलाई नयाँ स्वरुप दिने लक्ष्यका साथ अभियान थालिएको उनको भनाई छ । 
    सफाई अभियानमा नगरपालिकाका कर्मचारी, स्थानीयदेखि नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनाको पनि सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिए । जलाशयमा उत्रेर दुषित पोखरी सफाईमा आफै पनि जुटेका उनले पोखरीको नियमित सरसफाई र संरक्षणमा सबैले सहयोग गर्नु पर्ने बताए । 
    उनले अभियानको पहिलो दिन झारपात र स्थानीयहरुले फालेको गरी १५ ट्रयाक्टर जति फोहर निकालिएको जानकारी समेत दिए । 
    सरसफाई अभियानमा प्रमुख जिल्ला अधिकारी किरण थापा, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्साली, सशस्त्र प्रहरीका डिएसपी मोहन विष्ट, राजविराज नगरपालिकाका निलम्बीत मेयर भिमराज यादव, नगरपालिका स्वास्थ्य शाखा प्रमुख निरंजन यादव, समाजिक विकास अधिकृत मनोज यादव, पत्रकार अधिकारकर्मी समेत सहभागी छन् । 
    नगरको मुख्य स्थानमा अवस्थित उक्त पोखरीमा छठपर्व लगायत विभिन्न धार्मिक कार्यक्रमको अवसरमा पूजाविधी हुने गरेको छ । उक्त पोखरीको पुर्ण सरसफाई तथा सौन्दर्यको काम सम्पन्न गर्न सकिए राजविराज नगरपालिकाको मुख्य वस्तीका हजारौं जनता लाभान्वित हुने विश्वास गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुर्नयोगको नतिजामा काँग्रेस सप्तरीको उपसभापतिमा यादव निर्वाचित
पुर्नयोगको नतिजामा काँग्रेस सप्तरीको उपसभापतिमा यादव निर्वाचित
तिलाठी कोइलाडीमा सतप्रतिशत  किशोरी विद्यालय भर्ना
तिलाठी कोइलाडीमा सतप्रतिशत  किशोरी विद्यालय भर्ना
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त 
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त 
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
सहकारीको मर्म अनुरुप काम नगर्ने सहकारीको दर्ता नै खारेजी हुने ः प्रदेश मन्त्री साह
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास
बाढीले भत्काएको तटबन्ध मर्मत नहुँदा स्थानियमा त्रास
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय