सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, आषाढ ३०, २०८३
|
|
१६६ पटक हेरिएको
Shares
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 

सारांश

  • सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ ।
  • मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले सरकारले निजी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
  • सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चार माध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्यालयबाट परिपत्र जारी गरेको थियो ।
दैनिक समाचारदाता
राजविराज, ३० असार । 
सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ ।
मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले सरकारले निजी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चार माध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्यालयबाट परिपत्र जारी गरेको थियो । अदालतले सो परिपत्र बदर हुने फैसला गरेको हो ।
यसैबीच नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतको उक्त फैसलाको स्वागत गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबारै प्रेस विज्ञप्ति जारि गर्दै निजी र सामुदायिक सञ्चारमाध्यमलाई आर्थिक नाकाबन्दी लगाउने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते गरेको निर्णय र परिपत्र खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका हुन् ।
जारि विज्ञप्तिमा “न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले असार ३० गते मंगलबार तीन तहको सरकारी विज्ञापन र सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमलाईमात्र दिने विभेदकारी निर्णय उत्प्रेषणको आदेशद्वारा खारेज गरेबाट पत्रकारिता जगतले न्यायको अनुभूति गरेको छ ।” उल्लेख छ ।
महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, संघीयता र उदार अर्थ नीतिविपरित हुने गरी भएको सरकारी निर्णय खारेजीको माग गर्दै तीन महिनादेखि निरन्तर आन्दोलनमा रहेको विज्ञप्तिमा स्मरण गराइएको छ ।
विज्ञप्तिमा यही चैत २१ गते राजधानीमा भएको महासंघको राष्ट्रिय सम्मेलनले सरकारले एक साताभित्र निर्णय खारेज नगरे सिंहदरबारकेन्द्रित आन्दोलन गर्न र अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउन अग्रसर हुने निर्णय लिएको तथा उक्त निर्णय खारेजीले महासंघको आन्दोलनले परिणाम प्राप्त भएको विज्ञप्तिमा जिकिर गरिएको छ ।
साथै आन्दोलनमा साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै महासंघ अदालतको फैसला अक्षरस पालना गर्न नेपाल सरकारसँग विज्ञप्ति मार्फत माग गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप  विपन्न छात्रालाई साइकल बितरण
विद्यार्थीको प्रदर्शन जारि
विद्यार्थीको प्रदर्शन जारि
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
बिटौरी जग्गा समस्याको विषयमा  सरकारलाई ध्यानाकर्षण 
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 
बहुबिवाह मुद्दाका फरार प्रतिवादी कारागार चलान 
उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
उमावि शिक्षाका लागि भवन निर्माण हुँदै
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?