दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
नियमित विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले सप्तरीको महदेवा गाउँपालिकाका ५० जना विपन्न छात्रालाई साईकल वितरण गरिएको छ ।
अति विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न हाम्रो सामाज नेपाल नामक संस्थाले सोमबार विपन्न समुदायका छात्राहरुलाई साईकल वितरण गरेको हो ।
लण्डनस्थित नेपाल भिलेज फाउन्डेशन नामक संस्थाको सहयोग जुटाई उक्त साईकल खरिद गरिएको हाम्रो सामाज नेपालका अध्यक्ष राम नारायण शर्माले जानकारी दिए ।
महदेवास्थित संस्थाको कार्यालय परिसरमा आयोजित एक समारोह विच छात्राहरुलाई नियमित विद्यालय जाने शर्त गराएर संस्थाका संस्थापक अध्यक्ष कृत नारायण शर्मा सह संस्थापक बैद्यनाथ यादव लगायतले साईकल वितरण गरेका थिए ।
साईकल वितरण पछि महादेवा गाउँपालिकादेखि सदरमुकाम राजविराजसम्म साईकल ¥याली समेत निकालिएको थियो । ¥यालीका सहभागीहरुले सो क्रममा छोराछोरीमा भेदभाव नगरौं, छोरीलाई पनि विद्यालय पठाऔं, दाईजो प्रथा बन्द गरौं, बालविवाहलाई निरुत्साहित गरौं लगायतका नाराबाजी समेत गरेका थिए ।
नियमित विद्यालय जान प्रोत्साहन स्वरुप विपन्न छात्रालाई साइकल बितरण
सारांश
- अति विपन्न छात्रालाई पढाईमा सहजता प्रदान गर्न हाम्रो सामाज नेपाल नामक संस्थाले सोमबार विपन्न समुदायका छात्राहरुलाई साईकल वितरण गरेको हो ।
- लण्डनस्थित नेपाल भिलेज फाउन्डेशन नामक संस्थाको सहयोग जुटाई उक्त साईकल खरिद गरिएको हाम्रो सामाज नेपालका अध्यक्ष राम नारायण शर्माले जानकारी दिए ।
- महदेवास्थित संस्थाको कार्यालय परिसरमा आयोजित एक समारोह विच छात्राहरुलाई नियमित विद्यालय जाने शर्त गराएर संस्थाका संस्थापक अध्यक्ष कृत नारायण शर्मा सह संस्थापक बैद्यनाथ यादव लगायतले साईकल वितरण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया