दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ मा एक महिलाले शौचालय भित्र आफ्नो शरीरमा आगोलगाई शुक्रबार आत्महत्या गरेकी छिन् ।
सो वडाका राजकुमार साहको ४० वर्षिया श्रीमती राजुदेवीले घरमा कोही नभएको अवस्थामा घर आंगनमै रहेको शौचालयभित्र आफ्नो जिऊमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शौचालयभित्र पसि जिऊमा आगो लगाएको बारे स्थानियले खबर गरेपछि पुगेको प्रहरी टोलीले उनको जलेको अवस्थामा मृत शरीर शौचालय भित्रबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आत्महत्याको कारण खुल्न नसकेपनि घरायसी विवाद र तनावका कारण ती महिलाले यस्तो बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्लामा आत्महत्याका घटनामा बृद्धि भइरहेका बेला शुक्रबार थप एक महिलाले आगो लगाई आत्महत्या गरेपछि एक महिनाको अवधीमा आत्महत्या गर्नेको संख्या ८ पुगेको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्ममा भने विष सेवन, झुण्डिएर, पोखरी र नदीमा हामफालेर तथा आगो लगाएर आत्महत्या गर्नेको संख्या ६२ पुगेको छ ।
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
सारांश
- सो वडाका राजकुमार साहको ४० वर्षिया श्रीमती राजुदेवीले घरमा कोही नभएको अवस्थामा घर आंगनमै रहेको शौचालयभित्र आफ्नो जिऊमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- शौचालयभित्र पसि जिऊमा आगो लगाएको बारे स्थानियले खबर गरेपछि पुगेको प्रहरी टोलीले उनको जलेको अवस्थामा मृत शरीर शौचालय भित्रबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
- मृतकको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पु¥याई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया