दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले वडा नं. ८ स्थित पर्ने बेरियर–कञ्चनपुर–फत्तेपुर सडक खण्डमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको छ ।
सहरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत शनिबार सडकको दुवैतर्फ रहेका फुटपाथमा अतिक्रमण गरी बनाइएका अस्थायी छाना तथा संरचनाहरू हटाइएको नगरप्रमुख ललन प्रसाद गुप्ताले जानकारी दिए ।
उनले सवारी आवागमनमा अवरोध पु¥याउँदै आएको ‘गुद्री बजार’ लाई समेत व्यवस्थापन गरिएको बताए । नगरपालिकाका अनुसार उक्त कदम नागरिकलाई सास्ती दिन नभई सुरक्षित, सफा र सुन्दर सहर निर्माण गर्ने उद्देश्यले चालिएको हो ।
नगरपालिकाले आगामी दिनमा सडक तथा फुटपाथको मर्मत र स्तरउन्नति गर्ने, नियमित सरसफाइ तथा सौन्दर्यीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, साथै बजार क्षेत्रमा सवारी आवागमन र पैदलयात्रीमैत्री वातावरण सुनिश्चित गर्ने योजना अघि सारेको जनाएको छ ।
अभियानलाई सफल बनाउन जनप्रतिनिधि, नगर प्रहरी, प्राविधिक टोली तथा नेपाल प्रहरी र ट्राफिक प्रहरीको सहभागिता रहेको कञ्चनरुप नगरपालिकाले जनाएको छ ।
कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
सारांश
- सहरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले फुटपाथ अतिक्रमण हटाउने अभियान अन्तर्गत शनिबार सडकको दुवैतर्फ रहेका फुटपाथमा अतिक्रमण गरी बनाइएका अस्थायी छाना तथा संरचनाहरू हटाइएको नगरप्रमुख ललन प्रसाद गुप्ताले जानकारी दिए ।
- उनले सवारी आवागमनमा अवरोध पु¥याउँदै आएको ‘गुद्री बजार’ लाई समेत व्यवस्थापन गरिएको बताए ।
- नगरपालिकाका अनुसार उक्त कदम नागरिकलाई सास्ती दिन नभई सुरक्षित, सफा र सुन्दर सहर निर्माण गर्ने उद्देश्यले चालिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया