दैनिक समाचारदाता
राजविराज ११ मंसिर ।
अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद र जरिवाना तोकिएका फरार ४० जना अभियुक्तलाई सप्तरी प्रहरीले दुई दिनको अवधीमा पक्राउ गरेको छ ।
पक्राउ पर्ने फरार प्रतिवादीमा पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना गरिएका प्रतिवादी छन् । प्रहरीका अनुसार कुटपिट मुद्दामा अदालतबाट पाँच रुँपैया जरिवाना गरिएका सप्तरीको साविक देउरी ६ निवासी चन्देश्वरी देवी साहुनी र सोही मुद्दामा २० हजार रुँपैया जरिवाना गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ का मनोज कुमार मण्डल पनि पक्राउ परेका छन् ।
यस्तै पक्राउ पर्नेहरुमा कुटपिट लुटपिटका सर्वाधिक १० जना छन । यस्तै कुटपिटका ९, बहुविवाहका ३, किर्ते, चोरी अन्य, सवारी अंगभग र लुटपिटका दुई÷दुई जना छन् । यस्तै गाली बेइजत, साल चिरान काठ चोरी, चेक अनादर, नाता कायम, जालसाजी, आत्महत्या दुरुत्साहन, बोक्सीको आरोप, जबरजस्ती करणी, लागु औषध र बिगो लेनदेनका एक÷एक जना अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसरी पक्राउ परेकाहरुबाट ३ वर्ष ४ महिना २१ दिन कैद तथा जरिवाना वापत ८५ हजार ७ सय १ रुँपैया ४ पैसा असुल गरिएको प्रहरीको भनाई छ ।
अपराध घटनाको अनुसन्धान तथा अदालतको पैmसला कार्यान्वयन गर्ने क्रममा फरार भइ लुकिछिपी वसेकाहरु सुराकी र निगरानी बढाएसंगै धमाधम पक्राउ पर्न थालेको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
सप्तरी प्रहरीले फरार अभियुक्तमाथी कडा निगरानी र अनुसन्धान बढाएसंगै विभिन्न अपराधका अभियुक्तहरु एकपछि अर्का पक्राउ पर्ने क्रम बढ्दै गएको छ ।
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना गरिएका ४० फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्ने फरार प्रतिवादीमा पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना गरिएका प्रतिवादी छन् ।
- प्रहरीका अनुसार कुटपिट मुद्दामा अदालतबाट पाँच रुँपैया जरिवाना गरिएका सप्तरीको साविक देउरी ६ निवासी चन्देश्वरी देवी साहुनी र सोही मुद्दामा २० हजार रुँपैया जरिवाना गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ६ का मनोज कुमार मण्डल पनि पक्राउ परेका छन् ।
- यस्तै पक्राउ पर्नेहरुमा कुटपिट लुटपिटका सर्वाधिक १० जना छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया