चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन

राजविराज राजविराज
|
सोमबार, आश्विन २१, २०८१
|
|
३७ पटक हेरिएको
Shares
चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन

सारांश

  •     चाड पर्वलाई मध्यनजर गर्दै विगतमा उधोग बाणिज्य संघको पहलमा सुपथ मुल्यमा सस्तो पसल संचालन गरिदै आएको थियो ।
  • जसकारण उपभोक्तामा निराशा देखिएका छन् ।
  • विगतमा स्थानीय प्रशासन र उधोग बाणिज्य संघको पहलमा दैनिक उपभोग्य बस्तुको सस्तो पसल संचालन हुदै आएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २१ असोज ।

    चाडपर्वको बेला पनि राजविराजमा सुपथ मुल्यमा सस्तो पसल संचालनमा आउन सकेको छैन । दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरी चार÷पाँच वर्ष अघि लाग्दै गरेको सुपथ मुल्यमा सस्तो पसल यस पटक भने संचालनमा आउन सकेको छैन् । 
    चाड पर्वलाई मध्यनजर गर्दै विगतमा उधोग बाणिज्य संघको पहलमा सुपथ मुल्यमा सस्तो पसल संचालन गरिदै आएको थियो । जसकारण उपभोक्तामा निराशा देखिएका छन् । विगतमा स्थानीय प्रशासन र उधोग बाणिज्य संघको पहलमा दैनिक उपभोग्य बस्तुको सस्तो पसल संचालन हुदै आएको थियो । 
    स्थानीयस्तरमा सस्तो र गुणस्तरीय उपभोग्य सामान पाइन्छ भन्ने सन्देश दिन पनि चाडवाडका बेला सस्तो बजार खोल्नु पर्ने आवश्यकता ास्रहेको स्थानीय बिरेन्द्र साह बताउछन् । राजनीतिकर्मी गजेन्द्र मण्डल नेपाली ग्राहकहरुको अहिले सीमावर्ती भारतीय बजार कुनौलीमा भीड लाग्ने गरेको भन्दै नेपाल मै पनि भारतीय बजार जस्तै सस्तो सामान उपलब्ध गराउने गरि सस्तो पसल संचालन आवश्यक रहेको बताउँछन । उपभोक्ताको भारतीय बजार कुनौली मोह रोक्न पनि सस्तो बजार संचालनलाई निरन्तरता दिनु पर्ने उनको सुझाव समेत छ । 
    उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधानले सीमावर्ती भारतीय बजारम कायम रहेको उपभोग्य सामग्रीको दररेट अनुसार नै यहाँ पनि सोही अनुसार कायम गर्न सकेमात्र सस्तो पसलको औचित्य रहने बताउँछन । उनी भन्छन, “१० किलोमिटर मात्रको दुरीमा रहेको भारतको कुनौली बजारमा पाइने समान र त्यहाँ कायम मूल्य यहाँ कायम नगरे सम्म सस्तो पसल खोले पनि ग्राहक आउने सम्भावना न्युन छ ।”     
    नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्सालीले भ्याट र उच्च भन्सार शुल्कका कारण यहाँ भन्दा ३० देखी ४० प्रतिशत सम्म कमदरमा भारतीय बजारमा सरसमान पाइने भएकाले यहाँका उपभोक्ताको भारतीय बजार तर्फ आकर्षण बढेको बताए । उनी भन्छन्, “त्यहाँ घटि तौल दिए पनि, नक्कली समान दिए पनि सस्तोमा पाइन्छ भन्ने सोचका कारण पनि यहाँका उपभोक्ता उत्तै जाने गरेका छन ।”
    उधोग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालले चाड पर्वका बेला पनि यहाको बजार सुनसान र सीमावर्ती भारतको कुनौली बजार गुलजार देखिएको बताए । “चाड पर्वका बेला पनि बजारमा कारोबार छैन, व्यापारीमा उत्साह छैन, ऋण लिएर दशै तिहार र छठ पर्वका लागी समान किनेर पसलमा राखेका छन, उनले भने–तर ग्राहकको अतोपतो छैन ।”
    उनले यस्तो समस्या समाधानका लागी सरकारी स्तरबाटै आवश्यक पहल हुनु जरुरी रहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
घरधुरी सर्वेक्षणले विपद्बारे बदलियो मोहनको बुझाइ
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
भुमि समस्या समाधान आयोगले निस्सा बितरण  र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
भुमि समस्या समाधान आयोगले निस्सा बितरण  र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारलाई मात्र परिचयपत्र
९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारलाई मात्र परिचयपत्र
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
वन पैदावार आपूर्ती समितिका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत